Like us!
Follow us!
Connect us!
Watch us!

नबिल ईक्विटी फण्डको १० करोड कित्ता शेयर आज ३ बजे बाँडफाँट हुँदै

शुक्रबार, १९ कार्तिक २०७३, १२ : ४६ मा प्रकाशित

नबिल ईक्विटी फण्डको १० करोड कित्ता शेयर आज ३ बजे बाँडफाँट हुँदै


अर्थ संसार 
काठमाडौं – नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले सर्बसाधारणका लागि निष्काशन गरेको १ अर्ब रुपैयाँ बराबरको १० करोड कित्ता शेयरको बाँडफाँट आज ३ बजे हुँदैछ।

कम्पनीले गत असोज २ देखि ६ गतेसम्मका लागि शेयर आवेदन गरेको थियो । शेयर बाँडफाँट नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायाणचौर नक्साल काठमाडौंमा हुनेछ ।

पहिलो योजनाको सफलतापछि नबिल म्युचुअल फण्डले आफ्नो दोस्रो योजना नबिल ईक्विटी फण्ड बजारमा ल्याएको हो ।सात वर्षको अवधि रहेको यो योजनाको १० करोड ईकाई मध्ये १५ प्रतिशत नबिल बैंक  तथा नबिल इनभेष्टमेन्टले बीज पूँजीको रुपमा रकम लगानी गर्ने र बाँकी ८५ प्रतिशतमा सर्वसाधारण लगानीकर्ताको लगानी रहने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले न्यूनतम प्रति ईकाई १० रुपैयाँ मूल्यमा १ हजार रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी आवेदन दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको