Like us!
Follow us!
Connect us!
Watch us!

तीजको अवसरमा महिलालाई डाबरको अफर

विहीबार, १२ साउन २०७४, १७ : ०७ मा प्रकाशित

तीजको अवसरमा महिलालाई डाबरको अफर

अर्थ संसार, काठमाडौं– नारीहरुको महान पर्व ‘हरितालिका तिज’ को अवसरमा डाबर नेपालले आफ्नो १६ औँ डाबर स्पेशल तीज महोत्सव २०७४ आयोजना गर्न लागेको छ ।

साउन २० गतेदेखि २५ गतेसम्म त्रिपुरेश्वर स्थित युनाइटेड वल्र्ड ट्रेड टावर सेन्टरको चौथौ तल्लामा मेला  आयोजना हुने आयोजकले जनाएको छ ।

महिला श्रृजनशील केन्द्रद्धारा हरेक बर्ष  जस्तै यस बर्षपनि महिला हितहेतुले डिइसीसी नेपाल प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको हो ।

 मेलाको विषेशता

महिला विकास र महिलाको सीपमुलक कार्यलाई उजागर गर्न आयोजना गरिएको यस महोत्वसको मुख्य आर्कषण बारा ज्वेर्लसद्धारा हिराको खरिदमा २० प्रतिशत छुट रहेको छ ।

त्यसै गरी  भिएलसीसीद्धारा फ्रि छाला परिक्षण र बिएमआई परिक्षण, ब्लड टेस्ट प्रेसर परीक्षण र सेल्फि कर्नर आदि महोत्सवका मुख्य आयोजक डाबर नेपालले जानकारी गराएको छ ।

साथै सनराईज बैंकबाट निःशूल्क मेहेन्दि लगाईने, कार्ड हुनेहरुका लागि ८ प्रतिशत छुट, बिगमार्टको कुनैपनि शाखाबाट सामान खरिद गर्दा लक्करमा पनि भारी छुट भएको आयोजकले  बताएको छ ।  

यस महोत्सवमा १०० वटा भन्दाबढी स्टलमा हुने छन् । तीजलाई आवश्यक पर्ने पुजाका सामाग्रीहरु हस्तकला, साडी, कुर्था, गिफ्ट सामाग्री, मेहेन्दि, होम अपलाईन्सेस र गृहणीहरुलाई दैनिक आवश्यक पर्ने सामानहरुको ज्ञान पाउन सकिने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको