Like us!
Follow us!
Connect us!
Watch us!

एक अंकले बढेको सेयर बजारमा एक अर्ब बढीको कारोबार

विहीबार, १२ साउन २०७४, १५ : ४३ मा प्रकाशित

एक अंकले बढेको सेयर बजारमा एक अर्ब बढीको कारोबार

अर्थ संसार काठमाडौं– यो साताको अन्तिम दिन आज (बिहीबार) धितोपत्र बाजार १.५ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार करिव १ः३० बजे १६५२ अंकसम्म पुगेको बजारमा अन्तिममा आएर १६४६ अंकमा थामिएको थियो । 

१ सय ४९ वटा कम्पनीको १८ लाख ३९ हजार ४ सय २४ कित्ता सेयर खरिद विक्री हुँदा १ अर्ब १५ करोड ८ लाख २० हजार ९ सय ८८ रुपैयाँको कारोबार भएका छ ।

सामान्य अंकले बढेको बजारमा बैंक ६.१३ अंक, होटल ६.६६ अंक, डेभलपमेन्ट बैंक २२.८९ अंक, उत्पादन ५४.१७ अंक र अन्य ०.५८ अंकले बढेको छ । यता हाइड्रोपावर २१.१४ अंक, फाइनान्स ०.७३ अंक र इस्योरेन्स १६०.५३ अंकले घटेको छ ।  

आज वेली विकास बैंक र हिमालयन डिष्ट्रिलिटि लिमिटेड लगायत कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफ्नो आम्दान झण्डै १० प्रतिशतले बढाएका छन् ।

यता अरुण फाइनान्स लिमिटेड र राष्ट्रिय विमा कम्पनी लिमिटेड लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आफ्ना आम्दानीको झण्डै ६ प्रतिशतले गुमाएका छन् । कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

5979bd6cb6f70.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको