Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन क्षेत्र निर्धारण समयमा होस् : एमाले

विहीबार, १२ साउन २०७४, १३ : ५१ मा प्रकाशित

निर्वाचन क्षेत्र निर्धारण समयमा होस् : एमाले

अर्थ संसार, काठमाडौँ– नेकपा ९एमाले० स्थायी कमिटीको आजको बैठकले निर्वाचन क्षेत्र निर्धारण गर्दा राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहन र समयमै काम सम्पन्न गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

सरकारले गत साता ४५ दिनको समय दिई सो आयोग गठन गरेको थियो । कार्यबाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सरकारले निकै ढिलो गरेर आयोग गठन गरेकाले त्यससम्बन्धी काम निर्धारित समयमा सम्पन्न हुन नसकेर २०७४ माघ ७ भित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा नहुने आशंका पैदा भएको
पनि ठहर गरेको छ ।

एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले जारी गर्नुभएको विज्ञप्तिमा जिल्ला समन्वय समितिको निर्वाचनअन्तर्गत पर्वत जिल्लामा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङ जिल्लामा छिरिङल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको