Like us!
Follow us!
Connect us!
Watch us!
कुन कम्पनीको कति ?

साउन महिनमा ६ कम्पनीको लिलामी सेयर बजार

विहीबार, १२ साउन २०७४, ०८ : ३९ मा प्रकाशित

साउन महिनमा ६ कम्पनीको  लिलामी सेयर बजार

अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले तोकिएको समयभित्र चुक्ता पूँजी पुर्याउनको लागि वित्तिय संस्थाहरु धमाधम हकप्रद सेयर जारी गरे ।

तर, सवै कम्पनीको हकप्रद सेयरमा लगानी गर्न लगानीकर्ताहरु आकर्षित भएनन् । निष्काशन भएका सवै हकप्रद सेयर विक्री नभएपछि अहिले बाँकी भएका हकप्रद सेयर धमाधम लिलामी मार्फत बिक्री गर्न थालेका छन् ।

 साउन महिनमा ६ कम्पनीको हकप्रद सेयर लिलामीमा हुनेछ । केही कम्पनीको लिलामी हकप्रद सेयर बजारमा विक्री भैरहेको छ भने  केही कम्पनीको  बजारमा बिक्री खुल्ला हुँदैछ । । साउन महिनाभित्र आउने हकप्रद सेयर लिलामी यस प्रकारको छ ।

नेपाल एसबिआई बैंक लिमिटेड

नेपाल एसबिआई बैंक लिमिटेडको लिलामी हकप्रद सेयर साउन ९ गतेदेखि बजारमा बिक्री भैरहेको छ । लगानीकर्ताले साउन १६ गतेसम्म आवेदन दिन सक्नेछ ।

हकप्रद सेयर निष्काशन हुँदा बिक्री नभएको बाँकी सर्वसधारण तर्फको ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी मार्फत बिक्री गरेको हो । यसको लागि बैंकले एनएमबी क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

हाम्रो विकास बैंक लिमिटेड

हाम्रो विकास बैंक लिमिटेडको लिलामी हकप्रद सेयर आजसम्म बजारमा बिक्री खुल्ला छ ।  साउन ५ गतेदेखि खुलेको लिलामी हकप्रद सेयर सुरक्षित गर्ने (साउन १२ गते) आज अन्तिम दिन हो ।

हकप्रद निष्काशन गर्नेक्रममा विक्री नभएको संस्थापकतर्फको ३ लाख ९१ हजार ६ सय ३६ कित्ता  र सर्वसाधारणतर्फको ५९ हजार ४ सय ४८ कित्ता लिलामी हकप्रद सेयर भैरहेको छ । यसको विक्री प्रबन्धकमा एनआइविएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

गोर्खाज फाइनान्स लिमिटेड
गोर्खाज फाइनान्स लिमिटेड लिलामी हकप्रद सेयर साउन १० गतेदेखि बजारमा बिक्री भैरहेको छ । लगानीकर्ताले साउन १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस फाइनान्सले संस्थागत तर्फको ९ लाख ८ सय ९३ कित्ता र सर्वसाधारण तर्फको १ लाख ४५ हजार ३ सय ९६ कित्ता सेयर बिक्री खुल्ला गरेको छ । हकप्रद सेयर लिलामीको लागि एनआइबिएल क्यापिटल मार्केट्स विक्री प्रबन्धक रहेको छ ।

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक

फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले साउन १५  गतेदेखि सर्वसाधारणतर्फको ११ हजार ६ सय २६ कित्ता सेयर बजारमा खुल्ला गर्दैछ ।

उक्त हकप्रद सेयर  बिक्रीको लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लगानीकर्ताले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

ज्याति विकास बैंक

हकप्रद निष्काशनको क्रममा विक्री नभएको हकप्रद सेयर यस बैंकले साउन १६ गतेदेखि लिलामीमा बिक्री गर्दैछ । यसका लागि लगानीकर्ताले साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थागत तर्फको ७ लाख ७० हजार ४६ कित्ता सेयर लिलामी गर्दैछ । यसका लागि बैंकले सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ ।

सिद्धार्थ इन्स्योरेन्स लिमिटेड

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको लिलामी हकप्रद सेयर साउन १६ गतेदि साउन २३ गतेसम्म बजारमा खुल्ला हुनेछ ।

बैंकले संस्थागत तर्फको ३ सय ६७ कित्ता र संस्थागत तर्फको ७ हजार ९ सय ८३ किता सेयर लिलामीमा बिक्री गर्दैछ । यसका लागि इन्स्योरेन्सले एनएमबी क्यापिटल लिमिटेलाई विक्री प्रबन्धलाई जिम्मा लगाएको छ ।

यो पनि पढ्नुहोस्

नेपाल वायुसेवा निगमले माग्यो २० जना कर्मचारी ( विज्ञापनसहित) 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको