Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् कटौतीलाई ‘कमाइ खाने भाँडो’ बनाउन दिँइदैनः ऊर्जा मन्त्री शाही

बुधबार, ११ साउन २०७४, २१ : २५ मा प्रकाशित

विद्युत् कटौतीलाई ‘कमाइ खाने भाँडो’ बनाउन दिँइदैनः ऊर्जा मन्त्री शाही

अर्थ संसार, काठमाडौँ– नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताउनुभएको छ ।

मन्त्रालयमा आज पदबहाली गरेलगत्तै उहाँले भन्नुभयो, “विद्युतभार कटौतीलाई लुट्ने, ‘कमाइ खाने भाँडो’ र ‘दुहुनो गाई’का रुपमा प्रयोग गरेका छन् । अब कसैले यसबाट दूध खान पाउँदैनन् । कसैले दुध खाने सोच राखेको छ भने उ सधैँ भरीलाई दूध खानबाट वञ्चित हुन्छ ।”

उहाँले विद्युतभार कटौती अन्त्य गरेर मात्रै नपुग्ने र माग पूर्तिका लागि विद्युत् उत्पादनमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । सरकारी र राष्ट्रिय पुँजीपतिवर्गसँग रहेको रकमलाई उपयोग गरी विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

मन्त्री शाहीले राष्ट्रिय लगानीले मात्रै जलविद्युत् उत्पादनको पूर्ति नहुने भएकाले आवश्यकता अनुसार विदेशी लगानी भित्र्याइने स्पष्ट पार्नुभयो ।

उहाँले मन्त्रालय मातहतका निकायका प्रमुख र कर्मचारीलाई इमान्दारीतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो । कालीकोट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित शाही जनयुद्धकालमा माओवादी लडाकुको डिभिजन कमाण्डर हुनुहन्थ्यो । प्रवेशिकासम्मको अध्ययन गर्नुभएका शाही ४१ वर्षको हुनुहुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको