Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकले पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ सेवा

बुधबार, ११ साउन २०७४, २० : ५१ मा प्रकाशित

एनएमबी बैंकले पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ सेवा

अर्थ  संसार, काठमाडौं एनएमबी बैंकले नेपालमा पूर्णरूपमा स्वचालित बैंकिङ सेवा बैंकिङ सेवा सुरु गर्न सिङ्गापुर स्थित सेवा प्रदायक कम्पनी–बैंक जिनी सँग सम्झौता गरेको छ ।

यस सम्झौता अनुरूप एनएमबी बैंकले बैंक जिनी सँगको सहकार्यमा ट्याब्लेट उपकरणमा आधारित स्मार्ट टेलर सेवा सञ्चालन गर्दै स्वचालित बैंकिङ सेवा प्रदान गर्नेछ।

बैंकको तर्फ बाट बिज्ञप्ती जारी गर्दै प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी ले, एनएमबी बैंक बैंकिङ क्षेत्रमान नविनतम् सेवा पुर्याउनमा विश्वास गर्ने बैंक भएको र यस सेवाले बैंक लाई डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा उभ्याउनुको साथै ग्राहकहरुलाई बैंकिङ गर्न अझ सहज गराउने कुरामा विश्वस्त रहेको जानकारी दिनुभयो ।

सम्झौतामा दुबै तर्फबाट प्रमुख कार्यकारी अधिकृत द्वय सुनिल के.सी (एनएमबि बैंक) तथा रामकुमार शर्मा (बैंक जिनी) ले दस्तखत गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको