Like us!
Follow us!
Connect us!
Watch us!

कान्दाहारको सैनिक पोष्टमा रातभर आक्रमण : कैयौँ सैनिक मारिएको आशङ्का

बुधबार, ११ साउन २०७४, १५ : ५१ मा प्रकाशित

कान्दाहारको सैनिक पोष्टमा रातभर आक्रमण :  कैयौँ सैनिक मारिएको आशङ्का

अर्थ संसार, कान्दाहार– अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका स्थानीय समाचार स्रोतले जानकारी दिएका छन् ।

स्थानीय नागरिकलाई उद्धृतगर्दै दिइएका केही समाचारअनुसार उक्त पोष्टमा रहेका कैयौँ सैनिक मारिएको आशङ्का गरिएको छ । तर यो समाचारको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।

त्यसमा परी ठूलो सङ्ख्याका सैनिक मारिएको र घाइते भएको अनुमान गरिएको कान्दाहारका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ठूलो सङ्ख्यामा आएका तालिबानहरुको रातभरको हमलामा परी कैयौँ सैनिक मारिएको अनुमान गरिएको छ तर के कतिको सङ्ख्यामा हताहत भएको हो भन्ने बारेमा भने केही आएको छैन, स्थानीय सञ्चारले बुधबार बिहान जनाएका छन् ।

उक्त सैनिक पोष्ट दुर्गम जिल्लामा पर्ने भएकोले थप अनुसन्धानका लागि सुरक्षाकर्मीहरु खटेका र केही समयपछि यसको विस्तृत बिबरण आउने अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको