Like us!
Follow us!
Connect us!
Watch us!

आठ अंकले बढ्यो सेयर बजार, एक अर्ब बढिको कारोबार

बुधबार, ११ साउन २०७४, १५ : १० मा प्रकाशित

आठ अंकले बढ्यो सेयर बजार,  एक अर्ब बढिको कारोबार

अर्थ संसार, काठमाडौँ –  धितोपत्र बजार बुधबार सामान्य अंकले बढेर बन्द भएको छ। खुलेको १० मिनेटमै आठ अंकले बढेको बजार त्यसपछि धेरै उतार चढाव नभएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । स्टककाअनुसार अपरान्ह  १ बजे एक हजार ६५९ अंकसम्म उक्लिएको बजार फेरि सुरुमा बढेर पुगेकै बिन्दुमा ओर्लिएको थियो।

साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.८४ अंकले बढेर एक ६४५.०३ अंकमा उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ३४५.७८ अंकमा पुगेको छ।

सवा अर्ब रुपैयाँ बढिको कारोबार समेत भएको हो। बजारमा ब्याजदर वृद्धि र लगानी योग्य पूँजी अभाब देखिएपनि शेयर बजारको कारोबार रकममा खास असर देखिएको छैन।

आज १५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा खरिद बिक्रि भएको हो। सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको नौ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको भएको स्टकले जनाएको छ ।

आज उपसुचक मिश्रित देखिएका छन्। आठ समुहको कारोबारमा बैंक ५.४२ र जलबिद्युत १.९९ अंकले घटेको छन्। होटल २५.४३, विकास बैंक १४.४१, फाइनान्स ४.०३, बीमा ३०९.८९, उत्पादनमुलक ३५.४२ र अन्य ०.८७ अंकले बढेका छन्।

आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। न्याग्दी पावर कम्पनीको शेयर मूल्य करिब पाँच प्रतिशतले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको