Like us!
Follow us!
Connect us!
Watch us!
महालेखा नियन्त्रक भन्छन्ः फ्रिज हुन सक्छ

किन साटिएन ४७ अर्बको चेक

बुधबार, ११ साउन २०७४, १४ : ३७ मा प्रकाशित

किन साटिएन ४७ अर्बको चेक

अर्थ संसार, काठमाडौँ– समान्यता चेक कति दिनमा साटिन्छ ? एक दिन, दुई दिन वा अझ बढी । तर सरकारको चेक भने विगत १३ दिनदेखि साटिएको छैन ।

सरकारको काम कहिले जाला घाम भन्ने नेपालीमा एउटा उखान लोकप्रिय छ । तर आर्थिक वर्ष अन्त्यको समयमा सरकारी खाताबाट काटिएका चेक हालसमम पनि साटिएक छैनन् ।

आर्थिक वर्षको अन्त्य हुनु भन्दा दुई दिन पहिले मात्रै कोष तथा लेखा नियन्त्रक कार्याल्यले मात्रै रु एक खर्ब आठ अर्बको चेक काटेको थियो । ती काटिएका चेक मध्ये आजसम्म रु ४७ अर्ब बढीको चके साटिन बाँकी रहेको छ ।

गत आर्थिक वर्षमा काटिएको रु  ४७ अर्ब चेक साटिन बाँकी रहनु आर्थिक अराजकता रहेको सम्वद्ध पक्षले जनाएका छन् । गत असार ३० गतेसम्म कोष तथा लेखा नियन्त्रक कार्यालयले काटेका चेक पनि अझै साटिन बाँकी छन् ।

साउन १ गतेसम्म रु  १ खर्ब ८ अर्ब रुपैयाँको चेक साटिन बाँकी रहेकोमा घटेर सोमबारसम्म ६१ अर्ब रुपैयाँको चेक साटिएको महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले बताए ।

व्यवस्थापिका संसदको अर्थ समितिको बैठकमा उनले साउन ३० गतेसम्म चेक साट्ने समय भएको र त्यसपछि नसाटिए रकम फ्रिज हुने जानकारी दिए । कानुनले साउन ३० गतेको समय दिएकाले समय पर्याप्त भएकाले चेक साटिन ढिलाइ भएको उनको तर्क छ ।

उपत्यका बाहिरका चेक पनि काठमाडौंबाट सटही गर्नुपर्ने र क्लियरिङमा जाँदा ढिला हुने गरेको नेपालले जानकारी दिए । उनले टेबुलको घर्रामा चेक राख्ने कार्यालयलाई कारबाही गर्न सम्बन्धित लेखा नियन्त्रकको कार्यालयलाई निर्देशन दिइसकेको छ ।

उनले पुँजीगत खर्च कम भएको बताउँदै तयारी अवस्थामा नरहेको आयोजनालाई बजेट विनियोजन गर्दा खर्च नभएको स्पष्ट पारे । गत आवमा विनियोजन गरिएका फास्टट्रयाक, पश्चिमसेती, पूर्वपश्चिम रेलमार्ग, रानिजमरा कुलरिया सिँचाइ, बूढीगण्डकी जलविुत आयोजना र हुलाकी मार्गलगायत ठूला आयोजनामा खर्च कम भएको नेपालले जानकारी दिए ।

बैठकमा उनले लागत खाका तयार नुहँदा बुढीगण्डकीमा काम नभएको बताए ।  अन्तरमन्त्रालय समन्वयको अभाव, वनको स्वीकृतिमा ढिलाई, निर्माणकर्तालाई समयमा नक्सा उपलब्ध नगराउनु र तयारी अवस्थमा नरहेका आयोजना छनौट गर्दा खर्च नभएको नेपालले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको