Like us!
Follow us!
Connect us!
Watch us!
महेन्द्रबहादुर शाही ऊर्जा

यस्ता छन् माओवादीका नयाँ मन्त्री

बुधबार, ११ साउन २०७४, १२ : ३३ मा प्रकाशित

यस्ता छन् माओवादीका नयाँ मन्त्री

अर्थ संसार, काठमाडौँ– नेकपा(माओवादी केन्द्र)ले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा थप ६ जना मन्त्री पठाउने भउको छ ।

माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले ६ जना नेताको नाम मन्त्रीका लागि तय गरेको हो ।

माओवादीबाट सबैभन्दा बढी चर्चामा को ऊर्जा मन्त्री बन्दैछन् भन्नेमा रहेको छ । माओवादीले ऊर्जा मन्त्रीमा महेन्द्रबहादुर शाहीलाई ऊर्जा मन्त्री बनाउँदैछ । कालीकोटबाट प्रत्यक्ष निर्वाचित शाही माओवादीका पूर्व लडाकु कमाण्डर हुन् ।

यस्तै यसअघि पनि स्वास्थ्य र शिक्षा मन्त्री भइसकेका गिरिराजमणि पोखरेल पुनः स्वास्थ्यमन्त्री बन्ने भएका छन् । यस्तै माओवादीले शिवकुमार मण्डल, आशा खनाल कोइराला, टेकबहादुर बस्नेत र सन्तकुमार चौधरीलाई पनि मन्त्री बनाउने भएको छ ।

उनीहरुको मन्त्रालय तय भइनसकेको बताइएको छ । माओवादीले थप केही राजयमन्त्री समेत बनाउने तयारी गरेको छ ।

यसअघि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीमा  कृष्णबहादुर महरालाई सरकारमा माओवादीको तर्फबाट नेतृत्व गरेर पठाइसकेको छ ।

यस्तै गृहमन्त्रीमा जनार्दन शर्मा र शहरी विकास मन्त्रीमा प्रभु साहलाई पठाइसकेको छ । माओवादीबाट मन्त्री हुन लागेका मधये आशा खनाल मात्रै समानुपातिक सांसद हुन् भने अरु सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको