Like us!
Follow us!
Connect us!
Watch us!

व्यापारीलाई थुन्ने होइन, सुन्ने हो : चेम्वर

बुधबार, ११ साउन २०७४, ०८ : ५५ मा प्रकाशित

व्यापारीलाई थुन्ने होइन, सुन्ने हो : चेम्वर

अर्थ संसार, काठमाडौं – उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने हुनुपर्ने माग राखेका छन् ।

नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधिमण्डले मंगलबार मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीसँंग सिंहदरवारमा भेटघाट गरी बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए ।

चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका सदस्यहरुले बजार अनुगमनपछि व्यापारीहरुलाई थुन्ने होइन, सुन्ने काम गर्नुपर्ने बताए ।

भेटमा चेम्वर अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए । गल्ती गरे कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौं, अध्यक्ष श्रेष्ठले भने, तर गल्ती नै नगरी थुन्ने काम भने गर्नुहुँंदैन । पहिला उनीहरुको कुरा सुन्नुपर्छ, अनि मात्रै कारबाही प्रक्रिया अगाडि वढाउनुपर्छ ।

अध्यक्ष श्रेष्ठले हालै मात्रै प्लाष्टिकको चामल बेचेको आरोपमा एकजना व्यापारीमाथि अन्यायमा पारेको बताए । उनले भने, चामल भन्दा प्लाष्टिक धेरै महँंगो छ , यसो हुँंदा कसले घाटा खाएर यो काम गर्छ ? तर कुनै अध्ययन अुनसन्धान नै नगरी कारबाही प्रक्रिया अगाडि वढाइयो ।

भेटघाटमा मुख्य सचिव क्षेत्रीले प्रतिनिधिमण्डलले उठाएका विषयप्रति आफू सकारात्मक रहेको बताए । उनले चेम्वर प्रतिनिधिमण्डलले राखेको विषयमा आफू सकारात्मक रहेको बताए ।

भेटघाटमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छ, दितिय उपाध्पयक्ष राजेन्द्र मल्ल, सचिवद्धय देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डेलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको