Like us!
Follow us!
Connect us!
Watch us!

आजको सेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो

मंगलबार, १० साउन २०७४, १५ : ५० मा प्रकाशित

आजको सेयर बजार : नेप्से बढ्यो, कारोबार  घट्यो

अर्थ संसार, काठमाडौं–  सोमबारको तुलनामा नेप्से आज बढेपनि कारोबार रकम भने घटेको छ ।  सोमबार ६  अंकले घटेको बजारमा एक अर्ब ५ करोड बढीको कारोबार भएको थियो ।

तर, आज ७.११ अंकले बढेको सेयर बजारमा ९४ करोड ८५लाख ६५ हजार १ सय ६ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ५६ वटा कम्पनीको १३ लाख ७१ हजार १ सय १० सेयर कित्ता खरिद बिक्री भएको छ ।

आज सेयर बजारमा हरियाली छाएको छ । बैंक र अन्य उपसूचिक बाहेक अरु सवै उपसूचकमा हरियो रंङ्गले पोतिएको छ ।

आज होटल ८.३५ अंक, डेभलपमेन्ट बैंक ६.४८ अंक, हाइड्रोपावर १८.०३ अंक, फाइनान्स ६.९६ अंक, इस्योरेन्स १५७.३२ अंक, ट्रेडिङ १.३५ र उत्पादन ७९.८५ अंकले बढेको छ ।

यता बैंक ०.४ र अन्य ३.१८ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

59771a3dd6da9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको