Like us!
Follow us!
Connect us!
Watch us!

बुढीगण्डकीको अनियमितता बारे लेखा समितिमा छलफल हुने

मंगलबार, १० साउन २०७४, ११ : ४७ मा प्रकाशित

बुढीगण्डकीको अनियमितता बारे लेखा समितिमा छलफल हुने

अर्थ संसार, काठमाडौ– संसदको सार्वजनिक लेखा समितिले बुढिगण्डकी जलविद्युत परियोजनावारे सम्वन्धीत विज्ञहरुसंग परामर्श गर्ने भएको छ ।

बुढिगण्डकीमा भष्ट्राचार भएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले र नयाशक्ति नेपालले चर्को विरोध गरेपछि लेखा समितिले बुढिगण्डकीमा चासो दिएको हो ।

संसद वैठकमा आइतवार एमाले सभासद राजेन्द्र पाण्डेले बुढीगण्डकी परियोजनामा आर्थीक चलखेल भएको भन्दै छानविनको माग गरेका थिए ।

समितिका सभापति डोरप्रसाद उपाध्यायकाअनुसार लेखा समितिले परामर्शको लागी सरोकार राख्ने विज्ञहरुलाई साउन ११ मा परामर्शको लागी वैठक बोलाएको हो ।

समितीले बुढीगण्डकी परियोजना नेपालले बनाउन सकिन्छ कि सकिदैन,इपिसिएफ मोडल उपयुक्त हो कि होईन ? भन्ने विषयमा विज्ञहरुसंग छलफल गर्ने तयारी गरेको हो ।

समितिले जलस्रोत विद,उर्जा्विदहरु,जलविद्युत क्षेत्रमा काम गर्ने प्राध्यापकहरु ,कानुनविद,लेखा परिक्षक लगायतलाई समेत परामर्शको लागी बोलाएको छ ।

समितीका सभापति उपाध्यायकाअनुसार विज्ञहरुसंगको परामर्शपछि लेखा समितीमा यसलाई एजेण्डाको रुपमा प्रवेश गराउने तयारी छ ।

हालका गृहमन्त्री जनार्दन शर्मा उर्जामन्त्री हुदा चिनिया कम्पनीलाई हचुवाको भरमा आयोजना निर्माण गर्ने जिम्मा दिइएको थियो ।
 
विज्ञहरुले सरकारले प्रचलित नियम कानुन विपरीत चीनिया कम्पनीलाई परियोजना दिएर गम्भिर गल्ती गरेको भन्दै त्यसको चर्को आलोचना गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको