Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक १० औं बर्षमा प्रवेश

सोमबार, ०९ साउन २०७४, १६ : ४९ मा प्रकाशित

ज्योति विकास बैंक १० औं  बर्षमा प्रवेश

हेर्नुहोस् , यस्तो छ यस बैंकको प्रगति

अर्थ संसार, काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आजदेखि  आफ्नो स्थापनाको नवौं वर्ष पुरा गरी १० औं वर्षमा गरेको छ । यसको स्थापना २०६५ साल श्रावण ९ गतेदेखि भएको थियो ।

यस विकास बैंकको पश्चिममा जाजरकोट र पूर्वमा खोटाङ सहित मुलुकभरिमा ३२ वटा शाखा संजाल रहेका छन् । झिमरुक विकास बैंकसँग २०७३ श्रावण २८ गते मर्जरको एकिकृत कारोवार संचालन भए पश्चात प्युठान जिल्लामा मात्रै ५ वटा शाखाहरु छन् ।

त्यस्तै पवित्र धार्मिकस्थल देवघाटमा र प्यूठान जिल्लाको स्वर्गद्वारी प्रवेश गर्ने फेंदी भिंगृमा समेत गरी १४ वटा ए टि एम सञ्चालनमा छन् । यो आ.व. मा ८ वटा ए टि एम थप गर्ने योजना रहेको छ ।

राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने कार्य अन्तिम अन्तिम चरणमा रहेकोले सो प्राप्ति पश्चात ५ वटा शाखा थप हुनेछ । यसै आ.व. भित्र ५० वटा शाखाहरु पुर्याउने लक्ष्य सहित कार्य भैरहेको  बैंकले जनाएको छ ।

विकास बैंकले आधुनिक प्रविधि अनुरुप इण्टरनेट बैंकिङ्ग सेवा, मोबाईल बैंकिङ सेवा, टेलिफोन तथा मोबाइलको बिल आदि भुक्तानी सेवा, ए.वि.वि.एस. सेवा तथा ए.टि.एम. कार्ड मार्फत नेपाल तथा भारतमा बैंकिङ्ग सेवा उपलब्ध गराउदै आएको छ ।

हाल एससिटि डेबिट कार्ड उपलब्ध गराइ आएकोमा सम्भवतःअसोज महिनाबाट ख्क्ष्क्ब् कार्डबाट कारोवार गर्न सकिने गरी कार्य भैरहेको छ ।

विकास बैंकले ग्राहकको भावना र आवश्यकतालाई ध्यानमा राखी बालकल्याण बचत, जेष्ठ नागरिक सम्मान बचत, नारी सम्मान बचत, दम्पत्ती बचत, कर्मचारी बचत तथा साधारण बचत जस्ता विभिन्न आकर्षक बचत कार्यक्रमहरु कार्यान्वयनमा ल्याएका छ । 

यसका अतिरिक्त रेमिटेन्स सेवा, विदेशी मुद्रा विनिमय सेवा, सेफ डेपोजिट लकर सेवा, आस्वा  सेवा जस्ता ग्राहकमूखी सेवाहरु संचालन गर्दै आइरहेको छ ।

बैंकको कर्जा सेवा अन्तर्गत लघु, साना तथा मझौला कर्जा (MSME), युवा व्यावसायिक कृषि कर्जा, सुविधा सहितको आवास कर्जा, जलविद्युत क्षेत्रमा स्थानीय रोजगारी तथा पर्यावरणको लागि लघु वित्त कर्जा, शेयर कर्जा, हायर पर्चेज कर्जा, व्यापारिक कर्जा, व्यक्तिगत कर्जा, प्रोफेशनल लोन जस्ता कर्जा सेवाहरु पनि संचालनमा रहेका छन् ।

त्यस्तै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीति अनुरुप लघुवित्त तथा कृषि लगानीलाई विस्तार गर्न सघाउ पुग्ने र खासगरी विश्वमा देखा परिरहेको जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्ने उपाय स्वरुप सानै रुपमा भए पनि यस विकास बैंकका शाखाहरु रहेका जलविद्युत उत्पादन क्षेत्र र जलविद्युतमा लगानी गरेका नदीहरुको मुहान क्षेत्रहरुमा ज्योति लघुवित्त सेवा तथा कृषि लगानी ( Jyoti Microfinance Service and Agriculture Credit ) लाई विस्तार गर्न लागिरहेका बैंकले जनाएको छ ।  यसको लागि केन्द्रीय कार्यालयमा समेत छुट्टै इकाइ गठन गरी कार्यान्वयनमा ल्याएको छ ।

विकास बैंकले २०७४ असार मसान्तमा सम्ममा करिब १ लाख निक्षेपकर्ता ग्राहकबाट रु. १० अर्व ५१ करोड निक्षेप संकलन गरेको छ भने करिब ८ हजार ऋणीहरुलाई रु. ९ अर्व १३ करोड कर्जा लगानी गर्न सफल भएका छ । 

त्यस्तै बैंकले रु. ३९ करोड ३ लाख कुल मुनाफा (NPBT) आर्जन गरी खुद मुनाफा रु. २४ करोड ८४ लाख आर्जन गर्न सफल भएको छ । आषाढ मसान्तमा निस्क्रीय कर्जा १.०२ प्रतिशत भन्दा कम रहेको छ । चालु आ.व. मा रु. १५ अर्व निक्षेप तथा १४ अर्व कर्जा पुर्याउने लक्ष्य रहेको छ ।

वार्षिकोत्सवको उपलक्ष्यमा सदाझै यस वर्ष पनि बैंकको प्रांगणमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै सामाजिक योगदानमा पनि सम्लग्न हुँदै आएका छौँं ।

महोत्तरीको बर्दिबास नजिकमा रहेको मुसहर बस्ती विकासका लागि धुर्मुस सुन्तली फाउण्डेशन मार्फत निर्मित एकिकृत मुसहर बस्ति विकास कार्यका लागि उक्त फाउण्डेशन मार्फत आर्थिक सहयोग प्रदान गरेका छ ।

त्यस्तै गरिब असहाय ब्यक्तिको हेरचाह, पालनपोषण, औषधोपचारका लागि कार्यरत संस्था मानव सेवा आश्रमलाई लुगाधुने मसिन खरिद गर्ने प्रयोजनका लागि आजै २ दुई लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धिको लागि गरेको निर्देशन अनुरुप झिमरुक विकास बैंकसंगको मर्जर पश्चात कायम चुक्ता पूँजीमा १ अनुपात १ का दरले हकप्रद शेयर जारी गरेका छ ।

यस बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने सम्वन्धमा नियामक निकायबाट सैद्धान्तिक सहमति प्राप्त भइ प्राप्तिको कार्य अन्तिम चरणमा रहेको छ । २०७४ आषाढ मसान्तसम्मको वितरणयोग्य मुनाफालाई बोनस शेयर वितरण पश्चात तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्व ५० करोड पुग्ने बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको