Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले संचालन गर्यो एनएमबि एकेडेमी

सोमबार, ०९ साउन २०७४, ०७ : ५२ मा प्रकाशित

एनएमबि बैंकले संचालन गर्यो एनएमबि एकेडेमी

अर्थ संसार, काठमाडौं  एनएमबि बैंकले आर्थिक बर्ष २०७४/७५ को शुरुवात् सँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबि एकेडेमीको शुरुवात गरेको छ ।

यस एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामनागर्न सक्षम बनाउनु रहेको छ ।

एनएमबि एकेडेमीको स्थापनाबाट बैंकको जनशक्तिअझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पुर्याउने रहेको छ ।

“यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत् एनएमबि पहिलो बैंक हो ।

एनएमबि एकेडेमी संचालन हाम्रो सफलताको एक अर्को कोसेढुँगा साबित भएको छ । ’ एनएमबि एकेडेमीको उद्घाटनका अवसरमाएनएमबि बैंककाकार्यकारी अधिकृत  सुनील के.सी.ले मन्तव्य राख्दै भन्नु भयो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको