Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन पावरको आइपीओमा नपरेको पैसा आजदेखि फिर्ता

आइतबार, ०८ साउन २०७४, ११ : ०५ मा प्रकाशित

हिमालयन पावरको आइपीओमा नपरेको पैसा आजदेखि फिर्ता

अर्थ संसार, काठमाडौं– हिमालयन पावर पार्टनरको साधारण सेयर (आइपीओ) भर्दा नपरेको पैसा आजदेखि  फिर्ता हुने भएको छ ।

आईपिओमा आवेदन दिंदा २९ वटा मध्य कुनै पनि संस्थाको खाता उल्लेख गरेका आवेदकको बैंक खातामा सिधै पैसा जाने ब्यबस्था मिलाएको बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ भर्दा क्यापिटलले उल्लेख गरेका २३ वाणिज्य बैंक, दुई विकास बैंक, चार फाईनान्स कम्पनीका आईपीओ आवेदकले खातामा रकम सिधा ट्रान्सफर हुनेछ ।

उल्लेखित बैंक तथा वित्तीय संस्थाबाहेकका अन्य संस्थाको खाता रहेका आवेदक तथा उपत्यका बाहिरका आवेदकको हकमा आवेदन संकलन बुझाएको स्थानबाट रकम फिर्ता हुने क्यापिटलले जनाएको छ ।

आफ्नो खातामा साउन १६ गतेसम्म रकमान्तर नभए सम्बन्धित आवेदकको  क्यापिटलको कार्यालय जमलबाट एकाउन्टपेयी चेकमार्फत फिर्ता हुने क्यापिटलले जनाएको छ । आवेदक आफैं उपस्थित हुन नसकेको अवस्थामा    आईपीओ भरेको अर्धकट्टीको पछाडी मञ्जुरीनामा साथै आधिकारीक परिचयपत्रका साथ आबेदकको मान्छे उपस्थित हुनु पर्नेछ ।  
    
हिमालयन पावरको आइपीओ बाँडफाँड साउन ४ गते भएको हो। नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार भएको बाँडफाँडमा रित पूर्वक आबेदन दिएका १ लाख २९ हजार ३ सय २ जनाले हिमालयन पावरको १० कित्ता पाए। त्यस्तै ३४ हजार ४ सय जनाले २० कित्ता र ५ जनाले ११ कित्ता पाएका छन् ।

हिमालयन पावर पार्टनरले असार १ देखि असार ५ गतेसम्म निष्काशन गरेको २१ लाख ३० हजार साधारण सेयरमा कुल १ लाख ६५ हजार १ जनाले आवेदन दिएका थिए । जस मध्ये १ लाख ६३ हजार ७ सय ३७ आवेदन योग्य र १२ सय ६४ आवेदन रद्द भए ।

कम्पनीले निष्काशन गरेको २१ लाख ३० हजार ८ सय ३४ कित्ता सेयरमध्ये ४२ हजार ६ सय १७ कित्ता कर्मचारी र एक लाख ६ हजार ५ सय ४२ कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको हो ।

 

597439080a483.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको