Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्ष ओली तिब्बत प्रस्थान

शनिबार, ०७ साउन २०७४, १८ : १७ मा प्रकाशित

अध्यक्ष ओली तिब्बत प्रस्थान

अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले)  का अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बततर्फ प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष ओली धार्मिक तथा पर्यटकीयस्थल कैलास मानसरोबरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ जानुभएको हो ।

उहाँले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्नुहुने केन्द्रीय सदस्य हिक्मत कार्कीले जनाउनुभयो ।

यसैबीच अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको