Like us!
Follow us!
Connect us!
Watch us!

कतार गएका युवा उपचार नपाएर विचल्लिमा, नेपालमा एउटा सम्झौता र कतारमा अर्को गरेर कम्पनीले ठगेको आरोप (भिडियोसहित)

शनिबार, ०७ साउन २०७४, १३ : ५५ मा प्रकाशित

दिनिता लामिछाने
अर्थ संसार, काठमाडौं- राम्रो तलव पाउने आस्वासनमा कतार पुगेका दुई युवा भने अनुसारको तलव, सुविधा र उपचार नपाएपछि विचल्लिमा परेका छन् ।

काठमाडौंको सामाखुशीस्थित प्यासिफिक ओभरसिलले पठाएका नुवाँकोटका सोहन पाण्डे र दिलिप कार्की विचल्लिमा परेका हुन् ।

 

ओभरसिसका संचालक जगत गुरुङले फ्रि भिसा, फ्रि टिकट भन्ने बिज्ञापन गरेर ती दुवैलाई १ लाख २० हजार रुपैयाँ असुली कतार पाठाएका थिए । ओभरसिका मालिक गुरुङले श्रमको झुटो कागजपत्र बनाएर कतारको एके सेक्युरिटी आपुर्ती गर्ने कम्पनीलाई पठाएको थियो ।

उनीहरुले दैनिक १२ घण्टा चर्को घाममा खटद्दा बल्ल महिनाको १ हजार २ सय कतारी रियल तलव पाउने गरेका गुनासो गरे । उनीहरुलाई कम्पनीले ८ घन्टा काम गरेवापत १ हजार ५ सय रियाल तलव दिने सम्झौता गरेको थियो ।

उनीहरुलाई बस्ने सेल्टर पनि आउनजान तीन घण्टा लाग्ने दुरीमा ब्यवस्था गरिएको छ । त्यहाँ चर्को गर्मीले हातखुट्टामा घाउ आएर थला परेका पाण्डेले प्यासिफिक ओभरसिजले श्रमको झुटो कागज बनाएर आफुलाई फसाएको दाबी गरे ।

बैदेसिक रोजगार विभागले पनि झुटो श्रम सम्झौताको कागजपत्रमा छाप लगाईदिएको उनको गुनासो छ । ‘खुट्टामा आएको घाउले जुत्ता लगाउन हुँदैन, उनले भने, ‘उपचार गर्न भन्दा कम्पनीले सुनुवाइ गर्दैन ।

नेपालका म्यानपावर कम्पनीसँग गरिएको तलब, श्रमको सम्झौता बेग्लै र कतारमा पुगिसकेपछि त्यहाँको कम्पनीले दिने तलबलगाएतका विभिन्न सम्झौताहरु बेग्लै रहेको पीडित युवाहरुको गुनासो छ ।

‘चर्को घाममा १२ घण्टा खटेर महिनाको १ हजार २ सय रियल कमाई हुन्छ । के खाने ? के बचाएर घरमा बालबच्चालाई पठाईदिने ?’ पाण्डेले भने, ‘नेपालमा चर्को ब्याजमा साहुसँग ऋण लिएको हुँ । ऋण तिर्न निकै धौधौ भैरहेको छ ।’

कार्यरत कम्पनीको कार्य क्षेत्रमा प्यास लागेको समयमा पानी पिउनसमेत नपाइने उनले बताए । बस्ने ठाउँ समेत छैन, सौचालय छैन, बेलुकी बस्ने ठाउँमा बत्तीसमेत छैन,’ उनले भने, ‘हामीले नर्कको जिन्दगी गुजारेका छौं । कतारको उक्त कम्पनीमा १ हजार २ सय नेपाली कामदारहरुले दुःखका साथ काम गरिरहेको उनले बताए ।

उनीहरुले आफूहरुले सम्झौता अनुसार तलव नपाएको, उपचार नपाएको, अन्य आधारभूत सुविधा समेत नपाएको गुनासो गरेपछि त्यहाँ कार्यरत कम्पनीका मालिकले धम्क्याएको पाण्डेले बताए । ‘तँलाई मारेर केही फरक पर्दैन भनेर धम्क्याए,’  पीडित पाण्डेले भने, हामी गुनासो गर्न कहाँ जाने ?

पीडित युवाहरु सहयोगको याचना गर्दै त्यहाँस्थिति नेपाली दूतावाससमेत पुगेका थिए । समयको अभाब भन्दै दूतावासका कर्मचारीले फोटोसहित इमेलमा गुनासोसहित निवेदन गर्न आग्रह गरेको उनीहरुले बताए । राजदुतावासबाट आवश्यक सहयोग नपाएको उनीहरुको गुनासो छ ।

त्यसपछि उनीहरुले बैदेशिक रोजगार विभागमा फोन गरेको बताए । ‘त्यहाँ पनि हाम्रो कुराको सुनुवाइ भएन’ उनले भने, ‘एक पुरुष कर्मचारीले फोन उठाउनुभयो । उहाँलाई हाम्रो कुरा सुन्ने फुर्सदै रहेनछ ।’

(हेर्नहोस : पीडित युवाको गुनासो र यहाँ पीडित युवाका आमाकोबिलौना भिडियोमा ।)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको