Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

शुक्रबार, ०६ साउन २०७४, १५ : ४३ मा प्रकाशित

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

अर्थ संसार, पर्सा– सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सोे अभियोगमा पक्राउ परेका भारत बिहार रक्सौलको जोखियाडी निवासी दीपक ठाकुर र वीरगन्ज महानगरपालिका– ११ श्रीपुर निवासी उमेश चौधरीलाई सार्वजनिक गरेको हो ।

प्राप्त सूचनाको आधारमा बिहीबार बेलुका रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका दीपक र उमेशलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा चालक अनुमति पत्र बनाउन प्रयोग हुने सामग्री बरामद भएकाले अनुसन्धानका लागि दुबैजनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिनुभयो ।

छानबिनका क्रममा दीपक र उमेशबाट विभिन्न व्यक्तिको लाइसेन्स चार थान, होलो ग्राम स्टिकर ६ थान, विभिन्न व्यक्तिको फोटो ३८ थान, राजश्व तिरेको रसिद पाँच थान, तयार भएको नक्कली लाइसेन्स एक थान, विभिन्न व्यक्तिको नागरिकताको फोटोकोपि चार थान लगायतका सामग्री बरामद भएको उपरीक्षक गिरीले बताउनुभयो ।

पक्राउ परेका दीपक सरकारी कागज तथा छाप किर्ते मुद्दामा २०६६÷६७मा पक्रउ परी एक वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन् ।

पक्राउ परेका दुबैअभियुक्तका सम्बन्धमा अनुसन्धन भइरहेको र तीनलाई सरकारी कागज किर्ते सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । उनीहरुले वीरगन्जस्थित नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा लेखापढी व्यवसायीको काम गर्दै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको