Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा वित्त्तिय साक्षरता कार्यक्रम सञ्चालन

शुक्रबार, ०६ साउन २०७४, १५ : २५ मा प्रकाशित

नबिल बैंकद्वारा वित्त्तिय साक्षरता कार्यक्रम सञ्चालन

अर्थ संसार, काठमाडौं– नबिल बैंकले वित्त्तिय साक्षरताको बारेमा जानकारी गराउने र आर्थिक समावेशिकरणलाई अभिवृद्धि गर्ने हेतुले राष्ट्रब्यापी रुपमा वित्त्तिय साक्षरता अभियान सञ्चालन गरिरहेको छ ।

बैंकको ३३ औं वार्षिकोत्सवको अवसरपारेर यो अभियानलाई लम्जुङको बेसिशहरबाट आर्थिक साक्षरता सम्बन्धी सचेतना र्याली सडक नाटक तथा स्थानिय तहमा सफल भएका साना ब्यवसायीहरुका बिचमा अन्तरक्रिया कार्यक्रम जस्ता तिनवटा छुट्टाछुट्टै
कार्यक्रमहरु आयोजना गरी गत हप्ताबाट शुरुवात गरियो ।

उक्त कार्यक्रमहरु फिनलिट नेपालसँगको सहकार्यमा गरिएको थियो । बैंकका बेसिशहर शाखाका शाखा प्रवन्धक  अमृतराज उप्रेती र फिनलिट नेपालका प्रकाश कोइरालाले यी कार्यक्रमहरुको संयोजन गर्नु भएको थियो ।

विभिन्न सहकारीका नकायका कर्मचारीहरु, सुरक्षाकर्मि, समाजसेवी, स्थानिय बासिन्दा तथा विद्यार्थीहरु समेतको सहभागितामा बैकिङ विषयमा सचेतना फैलाउने सन्देश राखिएका प्लेकार्डहरु प्रदर्शन गरी आयोजना गरिएको र्यालीलाई प्रमुख जिल्ला अधिकारी  युवराज मैनालीले उद्घाटन गर्नु भएको थियो ।

उक्त र्याली मनाङ चौताराबाट सेरा चोक हुँदै नबिल बैंक सम्म पुगेको थियो । त्यसपछी नोट वा सिक्काहरुलाई कसरी सफा राख्ने,बैंकिङ कारोवार गर्ने बानीको विकास कसरी गर्ने, बैंकमा रकम जम्मा गर्दाका फाइदाहरु के के हुन, अनावश्यक रकम खर्चगर्ने खराब बानीलाई कसरी नियन्त्रण गर्ने, एटिएम कार्डको प्रयोग कसरी गर्ने आदि जस्ता विषयमा सन्देश प्रवाह गर्ने खालको मनोरञ्जनात्मक सडक नाटक कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस पश्चात नबिल बैंकबाट कर्जा लिएर छोटो समयमा आफ्नो व्यवसायलाई धेरै गुणा विस्तार गर्न सफल हुनुभएका एक सफल स्थानिय व्यवसायी नमोहन अधिकारीले व्यवसाय विस्तारमा बैंकको सहयोगको बारेमा आफ्नो अनुभवलाई सहभागिहरु समक्ष बाँड्नु भएको थियो ।

यो कार्यक्रमलाई आमन्त्रितहरु सँगको अन्तरक्रियात्मक कार्यक्रमको रुपमा सञ्चालन गरिएको थियो जसमा आर्थिक अनुशासन कसरी कायम गर्ने, साना व्यवसायको स्थापना तथा विस्तारमा बैंकको कर्जालाई कसरी सदुपयोग गर्ने भन्ने सम्बन्धमा निकै सुझाव तथा सल्लाहहरु प्रदान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको