Like us!
Follow us!
Connect us!
Watch us!

राजश्व न्यायाधिकरणले गर्यौ नौ प्रतिशत बढी मुद्दा फछ्र्यौट

शुक्रबार, ०६ साउन २०७४, ११ : १९ मा प्रकाशित

राजश्व न्यायाधिकरणले गर्यौ नौ प्रतिशत बढी मुद्दा फछ्र्यौट

अर्थ संसार, काठमाडौँ – राजश्व न्यायाधिकरण काठमाडौँले गत आव २०७३/०७४ मा तोकिएको भन्दा नौ प्रतिशतभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ ।
 
न्यायाधिकरणले न्यायपालिकाको रणनीतिक लक्ष्यभन्दा ६० प्रतिशतभन्दा नौ प्रतिशत बढी मुद्दा फछ्र्योट गरेको न्यायाधिकरणका स्रेस्तेदार वसन्तजंग थापाले बताउनुभयो । उहाँका अनुसार न्यायाधिकरणले गत आवमा ९४५ मुद्दा फछ्र्योट गरेको छ ।
 
न्यायधिकरणले पुरानो ४३२ र गत आवमा ५१३ मुद्दा फछ्र्योट गरेको छ । न्यायाधिकरणमा पुराना ६९९ र चालु आवमा उजुरी परेका ६७७ गरी एक हजार ३७६ मुद्दा छन् । फैसला भएका मुद्दामा कर विवादमा रहने करको बिगो, जरिवाना, थप दस्तुर र शुल्क तथा भन्सार चोरी पैठारी मुद्दा छन् ।
 
अध्यक्ष डिल्लीराज आचार्यका अतिरिक्त राजश्व न्यायाधिकरण काठमाडौँका राजश्व सदस्य जीवनकुमार घिमिरे र लेखा सदस्य डम्बरबहादुर कार्कीको तीन सदस्यीय इजालसबाट उक्त मुद्दाको फछ्र्योट भएको हो ।
 
फछ्र्योटमध्ये करिब तीन दर्जन जतिमा राय बाझिई बहुमतको रायबाट फैसला भएको उपसचिव थापाले जानकारी गराउनुभयो ।
 
आयकर, मूल्यअभिवृद्धि कर, अन्तशुःल्क, अग्रिम कर कट्टी, भन्सार चोरी पैठारीसमेतका कर तथा राजश्वसँग सम्बन्धित मुद्दामा राजश्व अनुसन्धान विभाग, ठूला करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले गरेका निर्णयमाथि चित्त नबुझ्ने करदाताले राजश्व न्यायाधिकरणमा पुनरावेदन मुद्दा दायर गर्न पाउँछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको