Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता आइपिओ स्थानीयबासीलाई

शुक्रबार, ०६ साउन २०७४, ११ : ०७ मा प्रकाशित

पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता आइपिओ  स्थानीयबासीलाई

अर्थ संसार, काठमाडौँ– पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयका लागि आइपिओ  निष्कासन गर्ने भएको छ ।

इलामस्थित ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशत प्राथमिक सेयर (आइपिओ) सेयर निष्कासन गर्न लागेको हो ।

रु सय रुपैयाँ अंकित रु ११ करोड बराबरको ११ लाख कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

सो सेयर प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिने जनाइएको छ । सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ ।

बोर्डबाट स्वीकृति प्राप्त भएपछि आगामी भदौ दोस्रो सातासम्ममा सेयर निष्कासन हुनेछ । कम्पनीले आयोजनाबाट उत्पादन सुरु भएपछि  स्थानीयालाई सेयर दिन लागेको हो ।

स्थानीयको सेयर फाँटफाँट लगत्तै सर्वसधारणका लागि  १० प्रतिशत सेयर निष्कासन गरिनेछ ।

कम्पनीले निर्माण गरेको माथिल्लो माइ ‘सी’ ले गत असारबाट उत्पादन सुरु गरिसकेको छ । यसअघि निर्माण भएको १२ मेगावाटको माथिल्लो माई पनि संचालनमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको