Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन आयोगको नयाँ निर्णय : ७४४ वटै स्थानीय तहमा मतदाता नामावली संकलन हुने

मंगलबार, ०३ साउन २०७४, १७ : ०५ मा प्रकाशित

निर्वाचन आयोगको नयाँ निर्णय : ७४४ वटै स्थानीय तहमा मतदाता नामावली संकलन हुने

अर्थ संसार, काठमाडौंं निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलन ७४४ वटै स्थानीय तहबाट गर्ने भएको छ ।

आयोगले गत असार २२ गते गरेको जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्ने निर्णय गरेको थियो । सो निर्णयमा चौतर्फी विरोध भएपछि आ सबै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

यही साउन १ गते देखि जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्न सुरु गरेको आयोगले चौतर्फी विरोध र दलहरुको दवावपछि काम थालेको तीन दिनमा निर्णय सच्याएको हो। नयाँ निर्णय अनुसार अब सबै स्थानीय तहसम्म पुगेर आयोगले मतदामता नामावली संकलन गर्ने छ।

’आम मतदाताको  चाहना र राजनीतिक दलको आग्रह बमोजिम आयोगले नयाँ निर्णय गरेको हो,’ निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने ।

आयोगले यस अघि मतदाता नामावली संकलनका लागि साउन १५ सम्मको म्याद तोकेपनि त्यसलाई बढाएर भदौ ३० सम्म पुर्याएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको