Like us!
Follow us!
Connect us!
Watch us!

प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै

मंगलबार, ०३ साउन २०७४, १६ : ०८ मा प्रकाशित

प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै

संसार, रत्ननगर – किसानले प्रयोगशाला परीक्षण  (टिस्युकल्चर)  गरेका केराका बिरुवा रोप्न थालेका छन् । केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयोग गरी बिरुवा निकाल्दै आएका किसान गानोको टिस्युकल्चर गरेर उत्पादन गरिएका बिरुवातर्फ आकर्षित हुन थालेका छन् ।

यस वर्ष किसानले पाँच हजार ५०० बिरुवा माग गरेकामा केहीले लगाउन थालेका चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताउनुभयो । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत भारतको महाराष्ट्र राज्यबाट बिरुवा ल्याई लगाउन थालिएको छ ।

टिस्युकल्चर गरेका बिरुवा रोग प्रतिरोधात्कम र उत्पादन क्षमता बढी हुने गर्छ । “यस वर्ष ५० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिएको हो,” चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले भन्नुभयो । प्रति बिरुवा रु ५० पर्छ ।

केराका बोट पहँेलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने रोग देखा परेपछि कृषिविज्ञले टिस्युकल्चर गरेको बिरुवा रोप्न सुझाव दिएका छन् । जिल्लाका अधिकांश किसान मालभोग केरा लगाउँछन । विसं २०६८ देखि उद्योग वाणिज्य संघ चितवनले केराखेती विस्तार गर्न ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्लमा ६०० भन्दा बढी किसानले दुई हजार ६२० बिगाहामा केराखेती गर्दै आएका छन् । यहाँ वार्षिक रु एक अर्ब बढीको केराको कारोबार हुन्छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको