Like us!
Follow us!
Connect us!
Watch us!

राजश्व असुली १०८ प्रतिशत, रु छ खर्ब १२ अर्ब उठ्यो

सोमबार, ०२ साउन २०७४, १७ : ४८ मा प्रकाशित

राजश्व असुली १०८ प्रतिशत, रु छ खर्ब १२ अर्ब उठ्यो

अर्थ संसार, काठमाडौँ– अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७३/७४ मा रु छ खर्ब १२ अर्ब राजश्व संकलन भएको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा उहाँले लक्ष्यभन्दा १०८ प्रतिशत राजश्व संकलन भएको जानकारी दिनुभएको हो । गत आर्थिक वर्षमा सरकारले रु पाँच खर्ब ६५ अर्ब राजश्व उठाउने लक्ष्य निर्धारण गरेको थियो ।

 अर्थमन्त्री कार्कीले राजश्व चुहावट र राजश्व संकलनमा हुने अनियमिता रोक्न व्यवहारमै खरो रुपमा उत्रने  दृढता पनि  व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो– “राजश्व चुहावट र अनियमितता उपर शून्य सहनशीलताको नीति लिइएकोछ, यो केवल बुँदामा मात्र होइन, व्यवहारमै खरो रुपमा उत्रेर प्रमाणित गरिने छ ।

राजश्व प्रणालीमा र कर असुलीमा हुने अनियमितता नियन्त्रण गर्न प्रविधिमा आधारित स्वचालित माध्यमको प्रयोगमा भन्सार  कर प्रणाली सञ्चालनमा जोड दिइएको छ । ”
 
राजश्व प्रणालीमा देखिने अनियमितता र असहजता नियन्त्रणका लागि कारोबारको  उद्गम विन्दू भन्सार वा उत्पादनस्थल देखिनै त्यस्ता कारोबारलाई अनुगमन र कारोबारको विवरण विद्युतीय प्रणालीमा ल्याउने, कर र कानूनको सुक्ष्म निगरानी राख्ने कार्यलाई मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको– अर्थमन्त्री कार्कीले बताउनुभयो ।
 
कर चुहावट नियन्त्रण गर्न कर प्रशासनमा काम गर्ने कर्मचारीको कार्यशैली र  व्यवहारको अनुगमन हुने तथा भन्सार, राजश्व र कर प्रणालीमा काम गर्नेका लागि आचारसंहित निर्माण गरी लागू गर्ने  तयारी भइरहेको उहाँले बताउनुभयो ।

 राजश्व संकलनलाई प्रभावकारी तुल्याउन मुलुकका १३ स्थानमा आइपी क्यामेरा जडान गर्ने काम तीव्ररुपमा भइरहेको सो अवसरमा जानकारी दिइयो ।

कर फछर्र्याैट आयोगजस्ता आयोग गठन गर्ने कार्यलाई व्यवस्थित गर्न प्रस्तावित  राजश्व सम्बन्धी बोर्ड ऐनमा स्थानीय प्रकृतिको कर विवाद समाधान समितिको प्रस्ताव गरी त्यसको कार्यक्षेत्र र कार्य प्रक्रिया स्पष्ट गर्न प्रस्ताव गरिएको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो ।

कर छली तथा अनियमितता गर्ने व्यक्ति, फर्म वा संस्थाका पदाधिकारीको क्रियाकलापको अनुगमनबाट प्राप्त सूचनाको आधारमा छानबीन र अनुसन्धान गरी कारबाही गरिने सो अवसरमा उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गानाले कर फछर्याैट आयोग गठन गर्नु आफैँमा नराम्रो नभए पनि कार्यशैली र पारदर्शीताको प्रश्न महत्वपूर्ण हुन्छ भन्दै संसार भरका अरु मुलुकमा पनि कुनै न कुनै रुपमा कर फ्र्याैट आयोग गठन हुने गरेको बताउनुभयो ।

सो अवसरमा समितिका सदस्यले राजश्व संकलन र कर प्रशासनमा देखिएको भ्रष्टाचार र अनियमिति रोक्न मन्त्रालयले चालेको कदमबारे जिज्ञासा राखेका थिए  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको