Like us!
Follow us!
Connect us!
Watch us!

अस्पतालमा एपोइन्टमेन्ट लिन आयो ‘हाम्रो हस्पिटल’ मोबाइल एप्प

सोमबार, ०२ साउन २०७४, १२ : १३ मा प्रकाशित

अस्पतालमा एपोइन्टमेन्ट लिन आयो  ‘हाम्रो हस्पिटल’ मोबाइल एप्प

दिनिता लामिछाने
अर्थ संसर काठमाडौ– रोग अनुसार चिकित्सक र उपचारका लागि अस्पताल खोज्न सर्वसाधारणलाई सघाउने स्वास्थ्य सम्बन्धी मोबाइलएप्प हो, हाम्रो हस्पिटल ।

अस्पतालमा भएका सबै सुविधा र सबै चिकित्सकहरु यस एप्पमा समावेस हुने हुँदा बिरामी, अस्पताल र चिकित्सक सबैले सेवा लिन र दिन सक्नेछन ।                          
बिटेक सलुसन प्रा लि।ले यस “हाम्रो हस्पिटल एप्प २०७२ मा संचालनमा ल्याएको हो । सोहि साल देखि ॐ हस्पिटलमा परिक्षणकाल सुरु भई हाल निरन्तर सेवा प्रदान गर्दै आएको छ ।  

हाम्रो हस्पिटल एप्पको विशेषताहरु भनेको अस्पताल र डाक्टरको जानकारी प्रयोगकर्ताले सजिलै पाउन सक्नेछन् । यस एप्प बाट नजिकको अस्पताल खोजी डाक्टरसंगएपोइन्टमेन्ट लिने सुबिधा रहेको छ ।

एपोइन्टमेन्ट लिईसकेपछि एपोइन्टमेन्ट समयको अलार्म नोटिफिकेसन पनि यस एप्पले दिन्छ । साथसाथै औषधी खाने समयको अलाम पनि यस एप्पमा रहेको छ ।  आपत्कालीन समयमा आवश्यक पर्ने सेवाको फोन नम्बरहरु पनि उपलब्ध गरिएको छ ।

केही दिन अघि यस एप्पको नयाँ संस्करण ल्याएको छ ।  जसमा अझै बढि सुबिधा र बिषेशताहरु समावेश गरिएको छ । स्वास्थ्य सम्बन्धि लेख, समाचार, टिप्स एंवअन्य महत्वपूर्ण गतिबिधिहरु पनि यस एप्पमासमावेश गरि वेवशाईटको पनि नयाँ संस्करण सुरु गरिएको छ ।

प्रयोगकर्ताको सहज उपयोगीतालाई ध्यानमा राखि समय अनुकुल मोबाइल एप्पको नयाँ संस्करण गरिएको हो । कम्पनिको अनुसार हाम्रो हस्पिटल एप्प अझ सरल एंवअतिउपयोगीहुने हुदाँ सर्वसाधरणको पहिलो रोजाइमा रहने विश्वास लिएको छ ।

 हाम्रो हस्पिटल एप्पको मुख्य उद्देश्य भनेको प्रयोगकर्तालाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्नु हो । यस एप्पमा हस्पिटल, डाक्टर र औषधिबारे पूर्ण जानकारी रहेको र अस्पतालमा एपोइन्टमेन्ट लिने सुबिधा रहेको कम्पनीले जानकारी गराएको छ । यस एप्पमा १०० ं हस्पिटल, १०००  डाक्टरहरु, ५००ंं फार्मेसीकोे जानकारी रहेको छ ।
 
यस एप्पप्रयोगकर्ताले सजिलै गुगलप्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सक्ने छन् । अस्पताललाई पनि यस एप्प,बिनाशुल्क  उपलब्ध गराइएको छ । जसबाट उनीहरुले एप्पबाट आएको एपोइन्टमेन्ट हेर्न सक्नेछन ।

यस एप्पबिरामी, अस्पतालका लागि मात्र नभएर सबैका लागि लाभदायक छ । केहि समय भित्र काठमाडौंका सबैै अस्पताललाई एप्पमा आवद्ध गरेर बिरामिहरु उनिहरुका आफन्तलाई सहज एपोइन्टमेन्टको सुबिधा दिईने योजना रहेकोकम्पनिले जनाएको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको