Like us!
Follow us!
Connect us!
Watch us!

इरानी राष्ट्रपति रौहानीका भाई भ्रष्टाचार आरोपमा पक्राउ

सोमबार, ०२ साउन २०७४, ०८ : ४५ मा प्रकाशित

इरानी राष्ट्रपति रौहानीका भाई भ्रष्टाचार आरोपमा पक्राउ

अर्थ संसार, तेहरान (इरान)- इरानी राष्ट्रपति हसन रौहानीका भाई हुसैन फेरियदौनलाई आर्थिक अपराधमा सम्लग्न रहेको आरोपमा पक्राउ गरी अनुसन्धान अधि बढाइएको इरानको न्यायलयले आइतबार जनाएको छ ।

फरियदौनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको र यससम्बन्धि मुद्दामा अन्य केही जनालाई पनि अनुसन्दानको दायरामा ल्याइएको न्यायलयका उपप्रमुख गुलामहुसैन मोहसेनी एजाइले यहाँको एक टेलिभिजनसँगको कुराकानीमा बताउनुभयो ।

राष्ट्रपतिका भाई फेरियदौनलाई शनिबार धरौटी जम्मा गरी तारिखमा बस्ने सुविधा प्रधान गरिएको भएपनि धरौटी जम्मा गर्न असमर्थ भएका कारण उहाँलाई सुरक्षा नियन्त्रणमा लिइएको एजाइले बताउनुभयोे । सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको