Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली डिआइजी पक्राउ

आइतबार, ०१ साउन २०७४, २१ : ४३ मा प्रकाशित

नक्कली डिआइजी पक्राउ

अर्थ संसार, चरिकोट– आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ ।

नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनले सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई छाड्न प्रहरी नायब उपरीक्षक ढुङ्गेललाई फोन गर्दैआएका थिए ।

उमाकुण्ड गाउँपालिका–२ का दावा सोनाम शेर्पालाई सार्वजनिक अपराध मुद्दाअन्तर्गत गत असार ४ गते प्रहरीले पक्राउ गरेको थियो । शेर्पालाई छाड्न केसीले प्रहरी प्रमुख ढुङ्गेललाई लगातार फोन गरेर दबाब दिँदैआएका थिए ।

“म प्रहरी नायब महानिरीक्षक सुदीप आचार्य हुँ भन्दै लगातार फोन गर्न थाले,” ढुङ्गेलले भन्नुभयो । अनुसन्धानका क्रममा केसी नक्कली डिआइजी बनेर फोन गर्ने गरेको भेट्टिएपछि केसीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको