Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् विकास विभागको भवन बनाउनै लाग्यो दश वर्ष

आइतबार, ०१ साउन २०७४, १९ : ४३ मा प्रकाशित

विद्युत् विकास विभागको भवन बनाउनै लाग्यो दश वर्ष

अर्थ  संसार, काठमाडौँ– नेपालीका एउटा उखान प्रचलित छ, सरकारी काम कहिले जाला घाम ।

विद्युत् विकास विभागको भवन निर्माणमा पनि त्यस्तै भएको छ । निर्माण सुरु भएको दश वर्ष बित्दा पनि भवन निर्माणले पूर्णता पाउन सकेको छैन ।

प्रक्रिया सुरु भएको झन्डै १० वर्षपछि मात्रै  विभागको नयाँ भवन निर्माण पूरा हुने भएको छ । ठेकेदारको ढिलाइ तथा निरन्तर अनुगमन हुन नसक्दा निर्माणमा ढिलाइ भएको हो ।
आगामी असोजसम्म भवन पूरा गरेर कार्यालय सार्ने तयारी भएको  विभागका महानिर्देशक नविनराज सिंहले बताए ।

‘विगतमा लक्ष्यअनुसार काम भएन, त्यसमा ठेकेदार नै बढी जिम्मेवार देखियो,’ उनले भने, ‘काम अन्तिम चरणमा छ, कात्तिकमा कार्यालय सारिन्छ ।’ विभागको २४ औं वार्षिकोत्सवको अवसरमा सिंहले भने ।

विभागले सानो गौचरनमा ७ तले भवन निर्माण गरिरहेको छ । ठेकेदार युनाइटेड विल्डर्सले असाजेभित्र काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको