Like us!
Follow us!
Connect us!
Watch us!

साउन महिना र सोमबारको महत्व

आइतबार, ०१ साउन २०७४, १८ : ४२ मा प्रकाशित

साउन महिना र सोमबारको महत्व

अर्थ संसार, काठमाडौं–सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्र अनुसार भगवान् शिवको महिना र बार भएकाले पूजा, आराधनाका लागि उत्तम समय भएको बताउनुहुन्छ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम ।

भगवान् शिवले चन्द्रमालाई शिरको जटामा धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । साउनको सोमबार व्रत गरी एक छाक खाएमा सन्तान नहुनेले सन्तान, विद्या चाहनेले विद्यालगायत मनोकांक्षा पूरा हुने भनी हेमाद्रीले रचना गर्नुभएको ‘चतुर्वर्ग चिन्तामणि’, मित्र मिश्रले रचना गर्नुभएको ‘वीरमित्रोदय’ लगायत ग्रन्थमा उल्लेख गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

महिलाले मात्र नभई पुरुषले पनि साउन महिना र सोमबार व्रत गर्न सक्ने शास्त्रमा वर्णन गरिएको उहाँले सुनाउनुभयो ।

महिलाले हरियो चुरा, पोतेलगायत कपडा लगाउनु प्रकृतिसँगको सामीप्यता भएकाले यो वैज्ञानिक भएको अध्यक्ष गौतमको भनाइ छ ।

हरियो सामग्री चन्द्रमाको प्रतीक भएकाले शीतलता, सुख, शान्ति प्रदान गर्छन् । यसबाट भगवान् शिव प्रसन्न भई मनोकांक्षा पूरा गर्नुहुने धार्मिक विश्वास छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको