Like us!
Follow us!
Connect us!
Watch us!

हेटौँडा–सिस्नेरी यायायात सञ्चालन

आइतबार, ०१ साउन २०७४, ११ : ५३ मा प्रकाशित

हेटौँडा–सिस्नेरी यायायात सञ्चालन

अर्थ संसार, हेटौँडा–हेटौँडा–कुलेखानी सडक खण्ड पर्ने सिस्नेरीको थिङ डाँडामा शनिबार गएको पहिरो डिभिजन सडक कार्यालयले आज हटाएपछि बिहानदेखि हेटौँडा–हेटौँडाको यातायात सञ्चालनमा आएको छ ।

इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीको थिङ डाँडामा शनिबार पहिरो जाँदा कुलेखानी हुँदै सिस्नेरीतर्फको यातायात सेवा शनिबार रातिदेखि अवरुद्ध भएको थियो ।

सो बाटो अवरुद्ध भए पनि मदन भण्डारी राजपथअन्तर्गतको कुलेखानी– फाखेल सडकबाट हेटौँडा–काठमाडौँको यातायात सेवा भने सञ्चालन भइरहेको मकवानपुरका सहायक प्रजिअ हरिराज पन्तले जानकारी दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको