Like us!
Follow us!
Connect us!
Watch us!

महिलाले घर बनाए १० प्रतिशत नक्सापासमा छुट

शनिबार, ३१ असार २०७४, १७ : ४२ मा प्रकाशित

महिलाले घर बनाए १० प्रतिशत नक्सापासमा छुट

अर्थ संसार, काठमाडौं– बुढानीलकण्ठ नगरपालिकाको नीति तथा कार्यक्रम तथा पारित गरिएको छ । आज बसेको नगरसभाले नीति तथा कार्यक्रम पारित गरिएको नगर प्रमुख उद्धव खरेलले जानकारी गराउनुभयो ।

उहाँले महिलालाई घर बनाउँदा नक्सापासमा १० प्रतिशत छुट दिने निर्णय गरिएको बताउनुभयो यसैगरी विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयस्रोतमा ७५ प्रतिशत छुट समेत गरिएको छ । नगर प्रमुख खरेलले समय अभावका कारण बजेट पारित गर्न नसकिएको बताउनुभयो ।

नगरले पूँजीगततर्फ रु ५२ करोड ९७ लाख ८६ हजार ६१० र चालुतर्फ रु १७ करोड बजेट विनियोजन गरिएको छ ।

यसैगरी फोहोर संकलनका लागि वडा नं। १० मा डस्टविन वितरण गरिएको छ । वडा अध्यक्ष नवराज भट्टराईले वडाका विभिन्न स्थानमा फोहोर संकलन गर्न स्थानीय महिला समूहलाई २५ थान डस्टबिन वितरण गरिएको जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको