Like us!
Follow us!
Connect us!
Watch us!

झण्डै एघार अर्बको भ्रष्टाचार दावीसहित शर्मा विरुद्ध मुद्दा दायर गरिने

विहीबार, २९ असार २०७४, १९ : ५५ मा प्रकाशित

झण्डै एघार अर्बको भ्रष्टाचार दावीसहित शर्मा विरुद्ध मुद्दा दायर गरिने

अर्थ संसार, काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित तीन जना विरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ ।

आयोगले कर फछ्र्यौट आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाललाई पनि भ्रष्टाचारको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । आयोगले रु १० अर्ब ९५ करोड बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्न लागेको हो । यो आयोगको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचार सम्बन्धी मुद्दा हो ।

आयोगका उच्च अधिकारीकाअनुसार ४५ वटा कर फछ्र्यौट सम्बन्धी फाइलको अध्ययन गर्दा भ्रष्टाचार भएको ठहरसहित शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको हो ।

‘आयोगको निर्णय लगत्तै आजै मुद्दा दर्ता गर्ने तयारी गरिएको थियो तर समय अभावका कारण भोलि शुक्रबारका लागि सरेको छ’ आयोगका ती अधिकारीले भन्नुभयो ‘ हाल अध्ययन भइरहेको फाइलबाट झण्डै रु ११ अर्बको भ्रष्टाचार भएको देखिएको हो । अरु फाइल अध्ययन गर्दा थप भ्रष्टाचारको विवरण आउछ ’ ।

तत्कालीन कर फ्छर्यौट आयोगका सदस्यद्वय महत र ढकाल भने हाल फरार हुनुहुन्छ । आयोगले कर फछ्र्यौट सम्बन्धी भएका निर्णयको समग्र पक्षको अध्ययन गरिरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको