Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा तीज नआउँदै तिजका गितको ओइरो

विहीबार, २९ असार २०७४, १३ : ५५ मा प्रकाशित

बजारमा तीज नआउँदै तिजका गितको ओइरो

  • दिनिता लामिछाने

काठमाडौं–तीज नजिकिँदै छ । कलाकारलाई तीन महिना अगाडिदेखि तीजले छोपेको छ । कलाकारहरु तिजलाई केन्द्रीत गरेर गित लेख्न, गाउन, रेकर्डिङ गर्न, म्युजिक भिडियो बनाउन ब्यस्त छन् । महिलाहरु सुटिङ गर्न भन्दै रातो सारीमा सजिएर हिँड्न थालिसकेका छन् ।

टेलिभिजन र रेडियोमा तीजका गित घन्कन थालिसकेका छन् ।कुन कलाकारले कस्तो गीत ल्याउँदै छन् त यसपालीको तीजमा ? केही वर्षदेखि कोमलवली तिजका गीतमा पोई पाइएन, पोई चाहियो भन्दै चर्चामा रहेकी कोमल ओलीले भने आफ्नो प्यारेलाई सार्बजनिक गर्दै छिन् । उनले पशुपति शर्मासँग मिलेर ‘लास्टै चोटी हो भाग–२’ मा गीत गाएकी छिन ।

यसमा ‘ओई शिव ओई, मलाई चाहिँदैन पोई’लगायत गीतहरु छन् । उनले शिवजीलाई जोडेर यसअघिका तीजमा गाएका गीत चर्चित बने । गतवर्ष पोइ माग्ने लास्टै चोटी हो भनेकी कोमलले यसपालीको गीतमा आफ्नो प्यारेलाई सार्बजनिक गरेकी छन् ।

गायिका तथा सञ्चारकर्मी योजना पुरीले गायक सन्तोष प्रगाढसँग मिलेर ‘तीजको ब्रत’ ल्याएकी छन् ।मीनसागर लामाको शब्द रहेको ‘तीजको ब्रत’लाई गायक सन्तोष प्रगाढले संगीत दिएका हुन् । अर्जुन खड्काको निर्देशनमा तयार पारीएको भिडियोलाई देभराज सापकोटाले कोरियोग्राफी गरेका छन ।

उक्त म्युजिक भिडियोमा सन्जीब, सृजना, सन्कल्प र बविताको अभिनय हेर्न पाइन्छ ।यसै क्रममा  सलिना नेपालीले तीज कोसेली ‘नाचन साइली’ बोलको गीत बजारमा ल्याएकी छन् । यस गीतमा राजन कार्की र सलिना नेपालीको सुमधुर स्वर सुन्न सकिन्छ ।

यस गीतमा राजन कार्कीको लय र घनश्याम रिजालको शब्द समेटिएको छ । यस गीतको म्युजिक भिडियोमा नरेश बिर र सलिना नेपालीको अभिनय छ । शिब दर्शन फिल्म्स प्रालिले निर्माण गरेको भिडियोलाई निर्देशन रबिन थापाले गरेका हुन् ।

यस्तै सुर्खेती सर्जक धर्मराज गिरीको लय र शब्दमा तिजको गीत बजारमा आएको छ । गायिका टिका पुनको सुमधुर स्वर रहेको गीतमा शब्द संकलक गिरीकै छोरी दिक्षा गिरीको अभिनय रहेको छ ।नेपाली सांगितिक क्षेत्रमा छुट्टै पहिचान बनाएर दर्शक तथा श्रोताको मन जित्न सफल कस्तुप पन्तले ‘काकरी झाल’ बजारमा ल्याएका छन् । यसलाई मिडिया नेटवर्कले बजारमा ल्याएको हो ।

काकरी झालको म्युजिक भिडियोमा दुर्गेश थापा र रिना थापा मगरको अभिनय रहेको छ ।बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतलाई बासु बरालले छायांकन गरेका हुन् ।यस्तै क्रममा लोकदोहोरी गायिका कल्पना श्रीपालले यस पटक पनि मौलिक तिज गित ल्याएकी छन् । मैना चरी नाम गरेको तिजको गीत उनले आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

किरण बाबु पुनको लय तथा शब्द सृजनाको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा दिपासा बिसीले अभिनय गरेकी छन् । तिजका गित हरुले यतिबेला नेपाली सांगीतिक बजार निक्कै तताएको छ ।

कलाकारहरुले आफ्नो गायन तथा सांगीतिक पेसालाई निरन्तर अगाडि बढाई रहेका छन् । बिशेष हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजले गर्दा गीत संगितको बजारसमेत तातेको हो । धमाधम तिजका गित बजारमा आइरहेका छन् । दर्शक श्रोताले त्यसको मनोरञ्जन लिई रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको