Like us!
Follow us!
Connect us!
Watch us!

बुढीगण्डकीका लागि जुट्यो ११ अर्ब

बुधबार, २८ असार २०७४, १८ : ०९ मा प्रकाशित

बुढीगण्डकीका लागि जुट्यो ११ अर्ब

अर्थ संसार, काठमाडौँ– नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि हालसम्म रु ११ अर्ब संकलन गरेको छ ।

निगमले गत १३ महिनाभित्र डिजेल, पेट्रोल र हवाई इन्धनबाट प्रतिलिटर पाँच रुपैयाँका दरले सो रकम संकलन गरेको हो । सरकारले प्रत्येक महिना भन्सार बिन्दुबाट उपभोक्तालाई अतिरिक्त असर नपर्ने गरी रकम संकलन गर्दै आएको छ ।

 निगमले बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणका लागि १५ असारसम्म रु १० अर्ब ६६ करोड संकलन गरिसकेको छ ।  सरकारले गत आर्थिक वर्षको बजेट भाषणमा रु ७ अर्ब उठाउने लक्ष्यसहित इन्धनमा कर लगाउने घोषणा गरेको थियो ।

सोहीअनुसार निगमले १३ महिनामै लक्ष्यभन्दा बढी रकम संकलन गर्न सफल भएको हो । निगमले प्रत्येक महिनामा इन्धनबाट रु ७० देखि ८० करोडका दरले रकम संकलन गर्दै आएको छ ।

१२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माण गर्न प्रत्येक महिना भन्सार नाकाबाट रकम संकलन हुँदै आएको छ । बूढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने भनिए पनि हालै सरकारले चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको छ ।

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिए पनि प्रभावितलाई मुआब्जा वितरण गर्न बाँकी रहेकाले इन्धनबाट शुल्क संकलन गरिरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

झिनो अंकले बढेको बजारमा कारोबार रकम भने घट्यो

सेयर बजारमा सी आस्वा लागू , यस्ता छन् विशेषता

चेक क्लिएरिङ्ग महशुल घट्यो

कुन होला खानेपानी मन्त्रालयको आधिकारिक बेवसाइट

बजेटकै हाराहारीमा बढ्यो व्यापार घाटा

साझा यातायातमा जेष्ठ नागरिकलाई निःशुल्क यात्रा

नेपाल ग्रामीण विकास बैंकको करिब दश लाख कित्ता एफपिओ आउँदै

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको