Like us!
Follow us!
Connect us!
Watch us!

झिनो अंकले बढेको बजारमा कारोबार रकम भने घट्यो

बुधबार, २८ असार २०७४, १५ : ५५ मा प्रकाशित

झिनो अंकले बढेको बजारमा कारोबार रकम भने घट्यो

अर्थ संसार, काठमाडौं – धितोपत्र बजारमा विगत केही दिनदेखि उतार चढावपूर्ण अवस्था रहँदै आएको छ । आज पनि बजार खुले देखिनै तिब्र उतार चढाव देखिएको शेयर बजार झिनो अंकले  बृद्धि भएको छ ।

 नेप्से परिसूचक २.५५ अंकको बढोत्तरि भएको बजारमा १५८७. ५६ अंकमा पुगेको हो । क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि केही बढेको छ ।

बैंक, बिकास बैंक र बीमा उपसूचकमा केही बढेको कारण बजार हरियो भएको हो । बजार बढाउन महत्वपूर्ण मानिएको होटल, जलविद्युत, फाइनान्स र अन्य कम्पनी उपसूचक भने ओरालो लागेको छ ।

बुधबारको कारोबारमा सबै भन्दा ठूलो आकर्षण सोल्टी होटलको शेयरमा देखिएको छ । सो कम्पनीको रु सात करोड ६३ लाख बराबरको शेयर खरिद बिक्री भएको हो। यस्तै, मुक्तिनाथ विकास बैंकको तीन करोड ७१ लाख रुपैयाँको शेयर किनबेच भयो।

कुल  १५२ कम्पनीको रु ६४ करोड दुई लाख बराबरको १९ लाख १४ हजार कित्ता शेयर कारोबार भयो। आजको कारोबारमा फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्थाका शेयरधनीले करिब १० प्रतिशत कमाए भने सिनर्जी फाइनान्सका लगानीकर्ताले झन्डै पाँच प्रतिशत गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको