Like us!
Follow us!
Connect us!
Watch us!

बजेटकै हाराहारीमा बढ्यो व्यापार घाटा

बुधबार, २८ असार २०७४, १४ : ३० मा प्रकाशित

बजेटकै हाराहारीमा बढ्यो व्यापार घाटा

अर्थ संसार, काठमाडौँ– मुलुकको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ । लगभग बजेटकै हारहारमिा व्यापार घाटा बढेपछि मुलुकको आर्थिक अवस्था समेत संकटमा परेको छ । सोही क्रममा चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा रु ८ खर्ब २४ अर्ब हुन पुगेको छ ।
यो घाटा गएको वर्षको सोही अवधिको भन्दा ३२.१७ प्रतिशत बढी हो ।

यो रकम नेपालको आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेटभन्दा ३५ प्रतिशतमात्रै कम रहेको बताइन्छ ।  आगामी आर्थिक वर्ष सरकारले रु १२ खर्ब ७९ अर्बको बजेट ल्याएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ११ महिनामा मुलुकमा रु  ८ खर्ब ९३ अर्बे वस्तु आयात भएकोमा रु ६८ अर्बको मात्र निर्यात भएको छ । गएको वर्ष सोही अवधिमा रु ६ खर्ब ८५ अर्बको आयात भएको थियो भने रु ६१ अर्बको निर्यात भएको थियो ।

विभागका अनुसार गएको भन्दा यस आर्थिक वर्षको ११ महिनाको आयात निर्यातको दर साढे १६ प्रतिशत बढेको छ । यो वर्ष निर्यातभन्दा आयात १३ गुणा बढी छ । जबकि गएको आर्थिक वर्षमा त्यो दर ११ गुणामात्रै थियो ।

चालू आर्थिक वर्षको ११ महिनामा आयात बढेको र निर्यात घटेको देखिन्छ । जसमा गएको वर्षभन्दा यस वर्ष समग्र व्यापारमा आयातको हिस्सा १.१७ प्रतिशतले बढेको छ भने निर्यातको हिस्सा १३.०७ ले घटेको विभागको आँकडाले देखाउँछ ।

चालू वर्षको समग्र ११ महिनाको व्यापारमध्ये निर्यातको हिस्सा ७.१ प्रतिशतमात्रै छ । बाँकी ९२.९ प्रतिशत आयातको हिस्सा छ । गएको आवको सोही अवधिमा निर्यातको हिस्सा चालू वर्षभन्दा १.१ प्रतिशतले बढी अर्थात् ८.२ प्रतिशत थियो भने आयातको हिस्सा ९१.८ प्रतिशत थियो ।

विभागले जनाएअनुसार यो ११ महिनाको अवधिमा जिवीत पशुमात्रै २ अर्ब रुपैयाँको आयात गरिएको छ । त्यस्तै दूधजन्य पदार्थ, प्राकृतिक महलगायत रु २ अर्ब ३६ करोड, तरकारीलगायत वस्तु रु १९ अर्ब ५८ करोड, जनावर तथा प्राकृतिक (भेजिटेबल)जन्य बोसोलगायत तेल रु २५ अर्ब ४२ करोड, खनिजसम्बन्धी इन्धन, तेल, मैनलगायत आयातका लागि रु १ खब

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको