Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ग्रामीण विकास बैंकको करिब दश लाख कित्ता एफपिओ आउँदै

बुधबार, २८ असार २०७४, १२ : ४३ मा प्रकाशित

नेपाल ग्रामीण विकास बैंकको करिब दश लाख कित्ता एफपिओ आउँदै

अर्थ संसार, काठमाडौँ– हकप्रद बोनस तथा प्रथामिक सेयर निस्काशन गर्ने बैंक तथा वित्तीय संस्थाको होडबाजीमा अर्को एउटा बैंक पनि थपिएको छ ।

त्यो क्रममा नेपाल ग्रामीण विकास बैंकले पनि केही दिन भित्रै एफपिओ जारी गर्ने तयारी गरेको छ । सो बैकले नौ लाख ७५ हजार कित्ता एफपिओ जारी गर्न लागेको हो ।

सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वकिृति समेत दिइसकेको छ । सर्वसाधारण नागरिकको स्वामित्व बढाउने लक्ष्इका साथ बैंकले एफपिओ जारी गर्न लागेको हो ।

हाल सो बैंकमा नागरिकको स्वामित्व १८ प्रतिशत मात्रै रहेको छ । एफपिओ जारी गरेपछि नागरिकको स्वामित्व ३० प्रतिशत पुग्ने छ । सो बैंकमा सरकारको स्वािमत्व चार प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको