Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सी आस्वा लागू , यस्ता छन् विशेषता

बुधबार, २८ असार २०७४, ०७ : ४५ मा प्रकाशित

सेयर बजारमा सी आस्वा लागू ,  यस्ता छन् विशेषता

अर्थ संसार, काठमाडौं– अब देखि निष्काशन हुने साधारण सेयर (आइपिओ) देखि सेनट्रलाइज आस्वा (सी–आस्वा) लागू हुने भएको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सी–आस्वा नाममा सफ्टवेयर तयार पारिसकेको जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार निष्काशन, विक्री प्रबन्धक र अनुमतिप्राप्त  बैंक तथा वित्तिय संस्थाका लागि धितोपत्र खरिद सम्बन्धी दरखास्तको आवश्यक चाँचबुझ र हितग्राही खाता रुजु गर्न सी–आस्वा नामको सफ्टवेयर तयार पारिएको सीडिएस एन्ड क्लियारिङ लिमिटेडले जानकारी दिएको छ ।

यस सिस्टमले सम्पुर्ण निष्काशन प्रक्रियामा संलग्न निकायहरुलाई एकै स्थानबाट केन्द्रीकृतरुपमा निष्काशन सेवा प्रदान गर्दछ । सीडीएससीले यो सफ्टवेयरको परिक्षण  हिमालयन पावर पार्टनरको सार्वजनिक निष्काशनमा केही बैंक  तथा वित्तिय संस्थाबाट गरेको थियो ।

सी–आस्वामा कसरी भर्ने सेयर ?

सी–आस्वामार्फत एउटा निष्काशनमा एक जना आवेदकले एक पटकमात्र आवेदन दिनसक्ने भएकाले आवेदक दोहोरिने सम्भावना हुँदैन ।

यो सफ्टवेयरमा पहिले नै आवेदनकको डिम्याट खाता नम्वर, बैंक खाता नम्वर, नागरिकता र तीन पुस्ते हुने भएकाले एकै जनाले दोहोर्याएर आवेदन दिन खोजे सफ्टवेयरले रद्द गरिदिनेछ ।

तर, आवेदकको खाता रहेको बैंक तथा वित्तिय संस्थाले सीडिएस एन्ड क्लियरिङसँग सम्झौता गरेर सफ्टवेयर लिनुपर्नेछ ।

सफ्टववेयर प्रयोग गरेको शुल्क कति भनेर चाहि हालसम्म निर्धारण गरिको छैन । सिडीएससीले शुल्क निर्धारणबारे धितोपत्र बार्डसँग छलफल गरिरहेको जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको