Like us!
Follow us!
Connect us!
Watch us!
सवै भन्दा बढी अरुण, कम इन्भेष्टमेन्ट

फाइनान्सको खराब कर्जा बढ्यो

मंगलबार, २७ असार २०७४, १८ : १९ मा प्रकाशित

फाइनान्सको खराब कर्जा  बढ्यो

स्रोत : नेपाल राष्ट्र बैंक

 अर्थ संसार,काठमाडौं -‘ग’ वर्गका वितीय संस्थाको खराब कर्जा बढ्दै गएको छ । हाल सञ्चालनमा रहेको फाइनान्स मध्ये ७ फाइएनान्स कम्पनीको खराब कर्जा  अत्यधिक रहेको छ । 

खराब कर्जा सवै भन्दा धेरै अरुण फाइनान्स ९१.०१  प्रतिशतले खराब कर्जा रहेको छ भने सवै भन्दा कम खराव कर्जा ०.२६ इन्भेष्टमेन्ट फाइनान्सको रहेको छ । खराव कर्जा उच्च हुनेमा हामा, सिनर्जी, अरुण, जनरल, लुिम्बनी, पश्चिमाञ्चल र युनियन फाईनान्स रहेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले माथिको फाइनान्सको कर्जा उच्च रहेको देखिएको छ । गत चैत अन्तिम सम्ममा वित्तिय सूचक २६ फाईनान्समध्ये ७ वटाको खराब कर्जा उच्च देखिएको हो ।

त्यसमध्ये अरुण फाइनान्स र जनरल फाईनान्स फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा भएर पनि फुकुवा गरिसेको छ ।  अन्य खराब कर्जा १९.२३ प्रतिशत रहेको छ ।

यी हुन् खराब कर्जा कम भएका फाईनान्स

सबै भन्दा खराब कर्जा श्री इन्भेस्टमेन्ट फाइनान्स लिमिटेड रहेको छ । त्यसै गरी  इन्भेस्टमेन्टको कुल कर्जा ०. २६ प्रतिशत मात्रै खराब कर्जा रहेको छ ।

युनिक, नमस्ते, आइसिएफसी, गुहेश्वरी र युनाइटेड फाइनानसको खराब कर्जा १ प्रतिशत भन्दा कम रहेको छ ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको