Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति : २५०० खाता खोले एक करोड निर्व्याजी सापटी पाइने

आइतबार, २५ असार २०७४, १६ : ५७ मा प्रकाशित

मौद्रिक नीति : २५०० खाता खोले एक करोड निर्व्याजी सापटी पाइने

अर्थ संसार, काठमाडौं- आज  जारी मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्था नभएका गाउँपालिकाहरुमा हालसम्म खाता नभएका नेपाली नागरिकहरुको खाता आर्थिक वर्ष २०७४/७५ भित्र खोलेमा प्रति २५०० खाता बराबर रु. १ करोड निव्र्याजी सापटी एक वर्षको लागि प्रदान गरिने व्यवस्था गरिएको छ ।

त्यस्तै संघीय संरचना अनुसार तय भएका ७४४ स्थानीय तह मध्येका बैंक शाखा नभएका तोकिएका स्थानीय तहमा अनिवार्य रुपमा बैंक शाखा खोल्ने निर्देशन दिइनेछ ।

 यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित बैंकको कर्तव्य हुनेछ । निर्देशन पालना नगर्ने बैंकलाई नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्था बमोजिम आवश्यक कारबाही गरिनेछ ।

साथै, यस बैंकले सरकारी कारोबारका लागि प्रोत्साहन गर्न तोकिएका स्थानीय तहमा खोलिने शाखालाई प्रतिशाखा १ करोड एक वर्षको लागि निब्र्याजी सापटी प्रदान गर्नेछ ।

यसैगरी इजाजतप्राप्त ‘ख’ तथा ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको कार्यक्षेत्रलाई चुक्ता पुँजीको आधारमा जिल्लागत रुपले तोक्ने गरिएकोमा सोलाई संघीय संरचना बमोजिम तोक्ने व्यवस्था मिलाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको