Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति सार्वजनिक

आइतबार, २५ असार २०७४, १६ : ०५ मा प्रकाशित

मौद्रिक नीति सार्वजनिक

अर्थ संसार, काठमाडौँ– नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको बताएको छ ।

आव २०७४÷७५ को मौद्रिक नीति आज यहाँ सार्वजनिक गर्दै केन्द्रीय बैंकले सरकारले निर्धारण गरेको आगामी आवको ७।२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक उपकरण प्रयोग गरी प्राथमिकताका आयोजनामा लगानी गरिने जनाएको छ ।

कृषि, पर्यटन, ऊर्जा, घरेलु, साना तथा मझौला उद्योगमा प्राथमिकताका साथै कर्जा प्रवाह गर्ने तरलता व्यवस्थापनलाई मौद्रिक नीतिले उच्च प्राथमिकता दिएको गभर्नर चिरञ्जीवी नेपालले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको