Like us!
Follow us!
Connect us!
Watch us!

स्प्रेड दर ४.२ प्रतिशत कायम गर्ने तयारी, मौद्रिक नीति सार्वजनिक हुँदै

आइतबार, २५ असार २०७४, १२ : ३३ मा प्रकाशित

स्प्रेड दर ४.२ प्रतिशत कायम गर्ने तयारी, मौद्रिक नीति सार्वजनिक हुँदै

अर्थ संसार, काठमाडौँ– नेपाल राष्ट्र बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याज दरमा रहेको अन्तर घटाउने भएको छ ।

आगामी आर्थिक बर्षको मौद्रिक नीति आज सार्वजनिक हुन लागेको हो । सो नीतिमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले व्याज दर अन्तर  घटाउने घोषणा गर्ने तयारी गरेका छन ।

राष्ट्र बैंकले स्प्रेड दर ’पाँच बर्षे वित्तीय क्षेत्र विकास रणनीति’ अनुसार घटाउने योजना बनाएको छ । अहिले बैंकहरुको स्प्रेड दर पाँच प्रतिशत छ । अहिले पनि कतिपय बाणिज्य बैंकहरुले स्प्रेड पाँच प्रतिशत माथि नै राखिरहेका छन्।


वित्तीय क्षेत्र विकास रणनीति अनुसार स्प्रेड दर क्रमिक रुपमा ४.२ प्रतिशतसम्म झार्नु पर्छ । वित्तीय क्षेत्र विकास रणनीतिका साथै संवैधानिक निकायबाट स्प्रेड घटाउन दबाब आइरहेका बेला गभर्नर डा. नेपालले आफ्नो तेस्रो मौद्रिक नीतिमार्फत घटाउने घोषणा गर्न लागेका हुन्।

नीतिका बारेमा आज विहान सञ्चालक समिति बसेर छाप्न पठाइसकिएको छ । गभर्नरले आज दिउँसो १ बजे मौद्रिक नीति होटल ¥याडिसनमा सार्वजनिक गर्दैछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको