Like us!
Follow us!
Connect us!
Watch us!

सुज ग्यालरीको वार्षिकोत्सवको अवसरमा ७० प्रतिशतसम्म छुट, चर्चित ब्राण्ड एउटै छातामुनी

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, १० : ४४ मा प्रकाशित

सुज ग्यालरीको वार्षिकोत्सवको अवसरमा ७० प्रतिशतसम्म छुट, चर्चित ब्राण्ड एउटै छातामुनी

सुज ग्यालरीको ५औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकवर्गलाई ७० प्रतिशतसम्म छुट दिने भएको छ । भृकुटीमण्डपको रिपोटर्स क्लबको अगाडि रहेको सुज ग्यालरीमा जुत्ता किन्दा ग्राहकवर्गले १५ देखि ७० प्रतिशतसम्म छुट पाउने भएका हुन् । 

१०० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका नेपाली ब्रान्डका जुत्ता चप्पल उक्त सुज ग्यालसरीमा राखिएका छन् । १५ प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट प्रदान गरेको उक्त सुज ग्यालरीमा नेपाली ब्रान्डहरुमा ६ महिनासम्मको वारेन्टी प्रदान गरेको छ । 

सुज ग्यालरीमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक ब्रान्डहरु बिएफ डियरहिल, रन सुज, क्रस रोड सुज, रोयल सुज र कोसेलीका जुत्ताचप्पल किन्न पाइन्छ । 

यस मेलामा वृद्ध बालक पुरुष महिला सबैलाई हुने सबै साइजका सबै प्रकारका कपडा लेदर रेजिनका जुत्ताहरु उपलब्ध रहेका छन् । ग्राहकहरु स्थलमा आएर सस्तो मूल्यका गुणस्तरीय ब्रान्डका जुत्ताहरु खरिद गरी नेपाली उत्पादनलाई हौसला दिन अनुरोध गरेको छ ।
 

62146e7d2b980.JPG 62146e865ee07.JPG 62146e872601f.JPG 62146e87dff35.JPG 62146e883a8cb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको