Like us!
Follow us!
Connect us!
Watch us!

हरिवंशले गाए जात्राका लागि गीत (भिडियोसहित)

बुधबार, १० कार्तिक २०७३, १६ : ३० मा प्रकाशित

हरिवंशले गाए जात्राका लागि गीत (भिडियोसहित)

अर्थ संसार
काठमाडौं–आगामी कात्तिक २६ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जात्रा’ मा राखिएको चर्चित कलाकार हरिवंश आचार्यको स्वरमा रहेको गीत सार्वजनिक भएको छ ।

 हरिवंशकै शब्दको ‘पैसा...’ बोलको गीत जात्रा प्रर्दशन मिति नजिकिँदै गर्दा प्रोमोशन स्वरुपसार्वजनिक गरिएको  फिल्मका निर्देशक प्रदिप भट्टराईले जानकारी दिए । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । 

फिल्मको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बानियाले जानकारी दिए ।

फिल्मको लागि आफैँले गीत लेखेर गाउन पाउँदा आफुलाई निकै खुशि लागेको हरिवंशले बताए । गाउनका लागि केही कठिन भएपनि गीतमा एउटा कथा रहेको उनको भनाई छ । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् । 
यस्तो छ भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको