Like us!
Follow us!
Connect us!
Watch us!

डरलाग्दो तवरले बढ्यो व्यापार घाटा

बुधबार, २१ असार २०७४, १९ : १८ मा प्रकाशित

डरलाग्दो तवरले बढ्यो व्यापार घाटा

अर्थ संसार, काठमाडौं– मुलुक चलाउने एउटा नियम हुन्छ, विधि हुन्छ । एउटा घर चलाए जस्तै मुलुक चलाउने पनि विभिन्न प्रकारका औजार तथा कानुन हुन्छ तर पछिल्लो समयमा मुलुकमा बढेको विन्नि खालका अराजकताका कारण मुलुक कतै असफल त बन्दैन भन्ने चिन्ता सर्वत्र रहेको छ ।

त्यसको एउटा श्रृखला हो चरम व्यापार घाटा । आर्थिक परिसूचकहरु हेर्ने हो भने व्यापार घाटा मुलुकको बजेटकै हाराहारीमा पुग्न लागेको छ । व्यापार घाटामा नयाँ रेकर्ड कायम हुँदै चालु आर्थिक बर्षको पहिलो ११ महिनामा रु आठ खर्ब ९३ अर्ब १० करोडको सामान आयात भएको छ ।

निर्यात भने त्यसको १३ दशमलव ३ गुण कम अर्यात रु ६७ अर्ब ३६ करोड मा सीमित रहेको छ ।अन्तर्रास्ट्रिय व्यापारमा विशेषगरी भारतसँग रहेको ठूलो व्यापार असन्तुलन कम गर्ने कुरा नीति निर्माण तहदेखि निजी क्षेत्रसम्मले निकै धेरै गर्दै आए पनि व्यापार घाटा र आयात–निर्यात अन्तर भने अस्वाभाविक रुपमा बढदै गएको छ ।

विदेशमा रहेका लाखौ नेपाली युवाले पठाएको विप्रेषणभन्दा बढि रकम सामान आयातमा बाहिरिन थालेको छ । गएको ११ महिनामा नेपालको कुल वैदेशिक व्यापारको घाटा अघिल्लो बर्षको सोही अवधिभन्दा ३० दशमलव ३ प्रतिशतले बढेर रु आठ खर्ब २५ अर्ब ७४ करोड पुगेको छ ।

कुल व्यापारमा निर्यात र आयातको योगदान क्रमशः सात प्रतिशत र ९३ प्रतिशत रहेको छ । एघार महिनामा निर्यात ५ दशमलव ८ प्रतिशतले बढदा आयात भने २८ दशमलव १ प्रतिशतले बढेको छ । यस अवधिमा भारतसँगको मात्रै व्यापार घाटाको अंश ६५ प्रतिशत रहेको छ भने चीनसँगको १२ दशमलव ३ प्रतिशत छ ।

गएको ११ महिनामा टर्कीतर्फ पोलिष्टरको  निकासी ९० प्रतिशतले बढेर रु तीन अर्ब ५१ करोडको भएको निकासी तथा व्यापार प्रवद्र्धक केन्द्र तथ्यांकमा उल्लेख छ । तर, ऊनी गलैंचाको निर्यातमा ८ दशमलव ३ प्रतिशतले ह्रास आई छ अर्ब ७३ करोडमा सीमित भएको भने तयारी पोशाकको निर्यात ९ दशमलव ७ प्रतिशतले ह्रास आई चार अर्ब ७२ करोडमा सीमित भएको छ ।

यता आयातमा भने फलाम तथा स्टीलको आयात ३३ प्रतिशतले वृद्धि भई रु ९३ अर्ब ६५ करोड, पेट्रोलियम पदार्थ ८८ दशमलव १ प्रतिशतले वृद्धि भई एक खर्ब १२ अर्ब २ करोड, यातायातका साधन र पार्टपुर्जा ३० दशमलव ५ प्रतिशतले वृद्धि भई रु ७३ अर्ब ७२ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री १७ दशमलव ४ प्रतिशतले वृद्धि भई रु ३५ अर्ब ४१ करोड पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको