Like us!
Follow us!
Connect us!
Watch us!

भारु नसाटिदा नेपाली हैरान, परराष्ट्रमन्त्रीले दिए टालटुले जवाफ

बुधबार, २१ असार २०७४, १८ : ०२ मा प्रकाशित

भारु नसाटिदा नेपाली हैरान, परराष्ट्रमन्त्रीले दिए टालटुले जवाफ

अर्थ संसार, काठमाडौँ– भारतीय मुद्रा नसाटिएर हैरान भएका नेपालीलाई सरकारले कहिल्यै पनि खुसीको खबर दिन सकेको छैन । सधै हुँदैछ, पहल हुँदैछ, सरकार दत्त चित्त भएर लागेको छ । भारतीय सरकारसँग कुरा गर्दछौ जस्ता उत्तर भन्दा अरु केही पनि पाएका छैनन् नेपालीले ।

महिनामा उक पटक जस्तो नेपाली नेता भारत जान्छन्, त्यहाँ उच्च नेतासँग भेटनका लागि निवेदन समेत हालेर दिल्लीमा बस्ने पनि गछृन । तर वेधानिक रुपमा भारतीय मुद्रा साथमा राखेका नेपाली नागरिकले कहिल्यै पन सुख भने पाएका छैनन् । भारतीय मुद्रा बोक्नु नै आपराधिक कार्य जस्तो भएको छ नेपालीलाई । तर सरकारले कहिल्यै भारतीय मुद्रा साट्ने वातावरण बनाउन नसकेकोमा नेपाली आजित छन् ।

यसै प्रसंगमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले केही दिन पहिले भारतको भ्रमण गरे । उनको भ्रमणको उद्देशय थियो प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी ।
उनले प्रधानमन्त्रीको भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताए ।

व्यवस्थापिका–संसद् बैठकलाई उनले  आफ्नो भारत भ्रमणका बेला त्यहाँ प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए ।

उपप्रधानमन्त्री महराले भने भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल भयो, भारत सरकारले हालै लागू गरेको नयाँ कर प्रणालीले नेपालका सिमाना बजारमा पर्ने असर तथा नेपालमा रहेको भारतीय रुपैयाँ नोटको सटहीका सम्बन्धमा छिटो हल गर्ने कुरामा विस्तृत छलफल भयो ।

खाना पकाउने ग्यास बोक्ने बुलेट गाडी नेपालमा छिटो ल्याउने र निकट भविष्यमा नेपालमा हुने बिमस्टेकको बैठकका सम्बन्धमा पनि छलफल भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको