Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँबासी सधै धुलोको मारमा : प्राधिकरणले फेरी भत्काउँदै सडक

बुधबार, २१ असार २०७४, १५ : ११ मा प्रकाशित

काठमाडौँबासी सधै धुलोको मारमा : प्राधिकरणले फेरी भत्काउँदै सडक

अर्थ संसार, काठमाडौं– विदेशतिर शहरमा कहीक तैपनि अव्यवस्थित रुमपा विद्युत्का तार देखिदैन । सबै संरचना भूमिगत रहने गरेका छन् । विदेशतिर देखिदै आएको त्यस्तो संरचना अब नेपालमा पनि देखिने भएको छ ।

सरकारले आगामी केही महिना भित्रे त्यस्तो भूमिगत संरचना निर्माण गर्ने भएको छ । त्यसको लागि आवश्यक प्रक्रिया समेत सुरु भइसकेको छ । एसियाली विकास बैंक र चिनयाँ पूर्वाधार बैंकले समेत लगानीको प्रक्रिया सुरु गरिसकेको छ ।

नेपाल विद्युत प्राधिकरणले महाराजगन्ज र रत्नपार्क क्षेत्रको भूमिगत विद्युतीय संरचना निर्माणका लागि आगामी केही दिन भित्रै बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।
विद्युत् क्षेत्रको वितरण प्रणाली भूमिगत बनाउन एक सातामा बोलपत्र आह्वान गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको वितरण प्रणालीलाई ताररहित बनाउने प्राधिकरणको योजनाअनुरूप पहिलो चरणमा महाराजगंज क्षेत्रको काम अघि बढाउन बोलपत्र आह्वान गर्न लागिएको हो । पहिलो चरणमा महाराजगन्ज क्षेत्रको प्रणाली भूमिगत गरिनेछ भने त्यसपछि रत्नपार्क वितरण केन्द्रको प्रणाली भूमिगत गरिनेछ ।

रत्नपार्क वितरण केन्द्रपछि काठमाडौँ उपत्यकाका अन्य स्थानको पनि क्रमशः विद्युतीय संरचना भूमिगत गरिने प्राधिकरणले जनाएको छ । ‘महाराजगंज र रत्नपार्क क्षेत्रको एकै पटक बोलपत्र आह्वान गर्ने योजना बनाइएको भएपनि अन्य क्षेत्रको कार्यप्रकृति तथा स्थान विशेषका आधारमा थप अन्य क्षेत्रको संरचना निर्माणका लागि क्रमशः बोलपत्र सार्वजनिक गर्ने तयारी प्राधिकरणले गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याँदा धुलोको चर्को मारमा परेका काठमाडोँबासीलाई पुन विद्युत्को संरचना भूमिगत गर्ने कार्य अगाडि बढेपछि थप धुलोको मारमा पर्नुपर्ने हुन्छ । काम राम्रो भएपनि सबैले काठमाडौँको सडक नै खन्ने भएकाले धुलाको चपेटामा पर्ने सम्भवान बढेर गएको छ ।

सडक खन्ने तर निर्माणमा ध्यान नदिने प्रवृत्ति हावी भएको छ । कहिले खानेपानीले सडक खन्ने, कहिले ढलले सडक खन्ने तर अब हुँदा हुँदा नेपाल विद्युत् प्राधिकरणले समेत सडक खन्ने क्रम सुरु गर्न लागेको छ । एकीकृत योजना र कार्यप्रणालीको अभावमा काठमाडौाबासी सधै धुलोको मारमा पर्ने गरेका छन् ।

वस्तुनिष्ट योजना बनाएर एकै पटक सबै कार्य गर्नुपर्नेमा पटक पटक सडक खनेर जनतालाई धुलो र हिलोमा राख्ने कार्य व्यवहारिक र तर्क संगत नरहेको बताइन्छ । धुलाको समस्या हल गर्ने तर्फ निर्माणकर्ताले ध्यान नदिने गरेको छन् ।

मेलम्ची खानेपानी आयोजनाले काठमाडौमा भत्काएको सडक अझैसम्म पनि पुनः निर्माण हुन सकेको छैन । कतिपय स्थानमा सडकमा खाल्डा खुल्डी नपुर्दा दुर्घटना समेत बढेको छ । मेलम्चीको काम सम्पन्न नहुँदै प्राधिकरणले पुनः सडक खन्ने कार्य सुरु गर्न लागेको छ ।आगामी केही दिन भित्रै बोलपत्रको तयारी गरेको प्राधिकरणले आगामी ६ महिना भित्र निर्माण कार्य सुरु गर्ने तयारी गरेको छ ।

तयारी अनुसार काम भएको खण्डमा प्रािधकरणले पुनः सडक भत्काउन सुरु गर्नेछ । सधै धुलाको मारमा पर्ने काठमाडौँबासीमा स्वासप्रश्वास तथा छातीको रोगले आहात भएका छन् । संरचना व्यवस्थित बनाउन खोज्नु राम्रै भएपनि एकीकृत रुपमा काम नगर्ने नेपालको प्रवृत्तिका कारण नागरिक भने सधै समस्यामा पर्ने भएका छन् ।

प्राधिकरणका अनुसार भूमिगत वितरण लाइनपछि स्मार्ट मिटर जडानको बोलपत्र आह्वान हुने छ ।  उपत्यकाको वितरण तथा प्रसारण प्रणाली सुधार गर्न एशिलायी बैंक(एडिबी) ले रु १८ अर्ब ५४ करोड ऋण सहयोग गरेको छ । एडिबीको ऋण सहयोग भूमीगत वितरण लाइन, स्मार्ट मिटर जडान र सबस्टेसन निर्माणमा खर्च हुनेछ ।

पहिलो चरणमा रत्नपार्क र महाराजगंज क्षेत्रको वितरण प्रणालीलाई भूमिगत बनाई स्मार्ट मिटर जडान गर्ने प्राधिकरणको योजना छ । भूमिगत वितरण लाइन तयार भएपछि यी दुई स्थानमा ९० हजार स्मार्ट मिटर जडान गरिने छ ।

यस्तै प्राधिकरणले राजधानीको वितरण प्रणालीलाई सहज बनाउन ६ स्थानमा सवस्टेसन निर्माणको काम पनि अघि बढाएको छ । प्राधिकरणले मुलपानी, चापागाउँ र फुटुङमा १३२ केभी तथा लप्सी फेदी, चाँगुनारायण र बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण गर्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको