Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले दियो जनता बैंकसँग गाभिन सिद्दार्थ डेभलपमेन्ट बैंकलाई स्वीकृती

बुधबार, २१ असार २०७४, ११ : ०८ मा प्रकाशित

राष्ट्र बैंकले दियो जनता बैंकसँग गाभिन सिद्दार्थ डेभलपमेन्ट बैंकलाई स्वीकृती

अर्थ  संसार, काठमाडौं– जनता बैंक लिमिटेडसँग सिद्दार्थ डेभलपमेन्ट बैंक गाभिने भएको छ । गाभिनको लागि जनता बैंकले सिद्दार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।

राष्ट्र बैंकको स्वीकृतसँगै अब यी दुई बैंकको एकीकृत कारोबार गर्ने प्रकृया अगाडि बढ्ने भएको छ । सिद्दार्थलाई गाभ्ने प्रस्ताव जनता बैंकको जेठ १३ गते सम्पन्न विशेष साधाराणसभाले पारित गरेको थियो ।  

जनता बैंकमा सिद्दार्थ डेभलपमेन्ट बैंक १ बराबर १ को स्वाप अनुपातमा गाभिन लागेको हो ।  सिद्दार्थ डेभलपमेन्टलाई प्राप्ति पश्चात जनता बैंकको चुक्ता पुंजी ६ अर्ब ९१ करोड पुग्ने छ । 

जनता बैंकले चालु आर्थिक बर्षको कमाईबाट कम्तिमा १६ प्रतिशत बोनस सेयर वितरण गर्दा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन सक्ने छ ।

जनताले सिद्दार्थलाई प्राप्ति पश्चात यहि असार ३० गते एकीकृत कारोबार गर्ने गरि प्रक्रिया अगाडी बढाएको बताइएको छ ।  

यो पनि पढ्नुहोस

सेयर किनबेच गर्दै हुनुहुन्छ ? बैंकको खाता चेक गर्नुहोस्, नत्र कारबाहीमा पर्नुहोला, आजदेखि सिडिएस एण्ड क्लियरिङ्ग नियम लागू

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको